nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मिथिलाञ्चलमा मनाइने भरदुतीया पर्व र यसको कथा

गिरिजानन्द साह गिरिजानन्द साह
कार्तिक ६, २०८२, ४:३१ मध्यान्ह
मिथिलाञ्चलमा मनाइने भरदुतीया पर्व र यसको कथा

जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा भरदुतीया पर्व मनाइएको छ। दाजुभाइ आफ्ना दिदीबहिनीको घरमा पुगी न्यौता (निमन्त्रणा) लिँदै भरदुतिया पर्व मनाउने गरिन्छ।

कात्तिक शुक्ल पक्षको द्वितीया तिथिका दिन मनाइने यो पर्वमा भाइबहिनीको प्रेम, स्नेहको प्रतीकको रुपमा मनाइन्छ। यस पर्वलाई भरदुतीयासहित भ्रातृद्वितीया, भाइदुज र भैयादुजको नामले पनि मनाउने गरिन्छ। यो पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई निमन्त्रणा दिई आफ्नो घर बोलाउने गर्छन्। यसपछि दिदीबहिनीले आफ्नो आँगनमा अरपन (चामललाई पानीसँगै पिँधेर बनाइएको लेदो) बनाउने गर्छन्। यसलाई ‘पीठार’ पनि भनिन्छ।

अरपन बनाएर एउटा पिँढिया राखी दाजुभाइलाई त्यसमाथि बसाउने गरिन्छ। यसपछि दाजुभाइको निधारमा सप्तरंगी टीका र माला लगाइदिएर हातमा पिठार लगाएर कुभिन्डोको फूल, पान, सुपाडी राखी दिदीबहिनीले एक पटक उठाउने गर्छन्। विवाहित दाजुभाइ भए चामलको पिठोसँगै सिन्दुर पनि लगाइदिने चलन छ। त्यसपछि हातमा पानी हालेर दिदी बहिनीले नै हात पखालिदिन्छन्। यस क्रममा दिदीबहीनीले एक पंक्तिको उच्चारण गर्ने गर्छन् –

‘गंगा नोतय छैथ यमुना के, हम नोतय छी भाइ कें !

जहिना जहिना गंगा–यमुना केँ धार बहय,

तहिना हमर भाय सबहक औरदा बढ्य’

(अर्थात् गंगाले यमुनालाई निमन्त्रणा दिइन् मैले आफ्नो दाजुभाइलाई, जसरी गंगा यमुनाको नदी अविरल बग्दछ, त्यसरी नै मेरो दाजुभाइको आयु बढिरहोस्।)

यसरी आफ्नो दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबहिनीले यो पर्व मनाउने गर्छन्।

यस दिन दाजुभाइले आफ्नो सामर्थ्यअनुसार दिदीबहिनीलाई लत्ता, कपडा, मिठाई, फलफूलसहित कोसेली दिने गर्छन्। यसबाहेक ग्रामीण क्षेत्रमा अहिले पनि खिर, पुरी, पडुकियासहित पकवान माइतीबाट दिदीबहिनीलाई भार (कोसेली) लगिदिने चलन छ।

दिदीबहिनीले दाजुभाइलाई मीठा मीठा परिकारहरू बनाएर खुवाउने गर्छन्।

यस पर्वबारे लोककथाअनुसार यमराजलाई आफ्नी बहिनी यमुनाकहाँ जाने समय मिलिरहेको थिएन्। एक दिन यमुनाले निमन्त्रणा दिई यमराजलाई आफ्नो घर बोलाइन्। र, मीठा–मीठा परिकारहरु बनाएर खुवाइन्। यो दिन कात्तिक शुल्क पक्षको द्वितीया तिथि थियो।

यमुनाद्वारा गरिएको आतिथ्यबाट प्रसन्न हुँदै यमराजले यमुनालाई वरदान माग्न भने। यमुनाले प्रत्येक वर्ष यो तिथिमा आफ्नो घर आउनका लागि भनिन्।

उनले दिदी बहिनीले यो दिनमा आफ्नो दाजु भाइलाई आदर सत्कार गरी टीका लगाउने गरे ‘तपाईंको भय नहुने’ वरदान मागिन्।

यमराजले तथास्तु भनेर यमुनालाई अमूल्य वस्त्राभूषण दिएर यमलोक फर्केको किंवदन्ती छ। सोही दिनबाट यो पर्व मनाउने परम्परा शुरु भएको मानिन्छ।

यस्तो छ भरदुतिया पर्वको कथा

यो पर्वलाई लिएर एउटा कथा प्रचलित छ। भगवान सूर्य नारायणको पत्नीको नाउँ छाया हो। छायाकै गर्भबाट यमराज तथा यमुनाको जन्म भएको थियो। यमुना आफ्नो दाजु यमराजलाई अगाध स्नेह गर्थिन्। भनिन्छ, यमुनाले पटक पटक आफ्नो दाजु यमसँग निवेदन गर्थिन् आफ्ना इष्टमित्रका साथ घर आउन। तर आफ्नो कार्यमा व्यस्त यमराजले उनको यो निवेदनलाई टार्ने गर्दथे।

यसै क्रममा कार्तिक शुक्ल पक्षको द्वितिया तिथिको दिन यमुनाले दाजु यमराजलाई भोजनका लागि निमन्त्रण दिएर घर आउन वचनबद्ध गरिन्। यमराजले सोचे- म सबैको प्राण लिन्छु। मलाई कोही घर बोलाउन चाहँदैन। बहिनीले यति स्नेहपूर्वक बोलाइरहेकी छिन् भने, उसको स्नेहको मान राख्नु मेरो धर्म हो।’ र यमराज बहिनीको घर पुगे। आफ्नो घर आएको देखेर यमुना निकै खुशी भइन्।

यमुना स्नान र पूजा गरी विभिन्न प्रकारको व्यञ्जन दाजु यमलाई खानका लागि दिइन। यमुनाद्वारा गरिएको आतिथ्यबाट यमराज प्रसन्न भएर आफ्नो बहिनीलाई वरदान माग्नलाई भने।

यमुनाले दाजु यमराजलाई प्रत्येक वर्ष यो तिथिमा आफ्नो घर आउनुपर्ने र आफूजस्तै बहिनीले यो दिनमा आफ्नो दाजुभाइलाई आदर सत्कार गरी टीका लगाए उसलाई तपाईं(यमराज)को भय नहोस् भनी वरदान मागिन्। यमराजले तथास्तु भनेर यमुनालाई अमूल्य वस्त्राभूषण दिएर यमलोक फर्के।

सोही दिनबाट भातृद्वितिया पर्व मनाउने परम्परा शुरु भएको मान्यता छ।

 

Tags: धर्म संस्कृति

Discussion about this post

Related Posts

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!