nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सरकारले निर्वाचनको वातावरण नबनाई आफ्नो आयु लम्ब्याउने खेलमा लागेको छ : प्रभु साह

गिरिजानन्द साह गिरिजानन्द साह
कार्तिक ६, २०८२, ३:०२ मध्यान्ह
सरकारले निर्वाचनको वातावरण नबनाई आफ्नो आयु लम्ब्याउने खेलमा लागेको छ : प्रभु साह

रौतहट/कार्तिक ६ गते । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकार जेनजी आन्दोलनको माग पूरा गर्न असफल हुदै गएको टिप्पणी गरेका छन ।

हिन्दुहरूको महान् पर्व दीपावली, पर्व छठको अवसरमा आज (बिहीबार) रौतहटको गुजरा नगरपालिका– ३ बलुवामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका आजपा अध्यक्ष साहले सरकारमा जेनजी वा जेनजी आन्दोलनका सहिद परिवारबाट सरकारमा प्रतिनिधित्व हुनुपर्ने बताए ।

`सुशीला कार्की नेतृत्वको सरकार जेनजी आन्दोलनको बलमा बनेको छ । तर यो सरकार जेनजी आन्दोलनको माग सम्बोधन गर्न पुर्णतया असफल भएकोछ,´ आजपा अध्यक्ष साहले भने, `जेनजीको माग केवल एउटा सरकार हटाएर अर्को सरकार बनाउनु थिएन । व्यवस्था बदलाव , भ्रष्टाचरीलाई कारबाही, हत्यारालाई कारबाही लगायतका माग सम्बोधन गर्न सरकारले चासो नै दिएन ।´

वर्तमान सरकारले निर्वाचनको वातावरण नबनाई आफ्नो आयु लम्ब्याउने खेलमा लागेको उनले बताए । तर तोकिएको मितिमा जसरी पनि निर्वाचन सम्पन्न गराउन आजपाले जनदबाब सृजना गर्ने र यिनिहरुको कान समातेर पनि निर्वाचन गराउने उनले बताए । जेनजी आन्दोलनका हत्याराहरु खुलेयाम घुम्दै गर्दा सुशीला कार्की नेतृत्वको सरकार रमिते बनेको टिप्पणी साहले गरे ।

नेपालमा परिवर्तनका विभिन्न ऐतिहासिक आन्दोलनहरू मध्ये नयाँ पुस्ताको जेनजी आन्दोलनले देशमा सत्य र न्यायको पक्षमा निर्णायक मोड ल्याएको उनल्र बताए।

`देश र संसारमा लामो आन्दोलनको इतिहास छ– राणा विरुद्धको आन्दोलन, माओवादी जनआन्दोलन, मधेस आन्दोलन वर्षौँ चले। तर नेपालको दुई दिनको ,जेनजी आन्दोलनले युवाको जीत र भ्रष्टाचारको अन्त्यको सङ्केत दिएको छ । वर्तमान सरकारले यसलाई गम्भीर रुपमा बुझ्न आवश्यक छ,´ आजपा अध्यक्ष साहले भने ।

पूर्वमन्त्री साहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले जेनजी आन्दोलनमा गरेको दमनलाई `इतिहासकै गल्ती´भन्दै ओलीलाई हत्यारा र भ्रष्टाचारीको प्रतीकका रूपमा व्याख्या गरे ।

साहले जेनजी आन्दोलनलाई नयाँ राजनीतिक युगको सुरुवात भन्दै दलतन्त्र र लुटतन्त्र समाप्त पार्ने आन्दोलनको स्वरूपमा व्याख्या समेत गरे । उनले तीन वर्ष अघि पार्टीगत टिकट अस्वीकार गरी स्वतन्त्र रूपमा जनताको मतबाट जितेको प्रसङ्ग स्मरण गर्दै जनताको विश्वास नै आफ्नो शक्ति भएको बताए ।

`तीन वर्षदेखि सदनदेखि सडकसम्म म जनताको हकहितमा आवाज उठाउँदै आएको छु। भन्सार, सरकारको मनोमानी कर आतंक, वैदेशिक रोजगारको ठगी, सहकारी पीडित, किसान र सुकुम्वासीका सवालमा लड्दै आएको छु। यो लडाइँ अझै पूरा भएको छैन, षड्यन्त्र जारी छ तर सत्य अन्ततः जित्नेछ,´ साहले भने ।

 

  • Beta

Beta feature

  • Beta

Beta feature

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

बालश्रम विरुद्ध दिवसमा वक्तृत्वकला प्रतियोगिता, प्रिती कुमारी यादव प्रथम

बालश्रम विरुद्ध दिवसमा वक्तृत्वकला प्रतियोगिता, प्रिती कुमारी यादव प्रथम

दलित सशक्तीकरण ऐन कार्यान्वयनमुखी बजेट ल्याइने : मन्त्री लखन दास

दलित सशक्तीकरण ऐन कार्यान्वयनमुखी बजेट ल्याइने : मन्त्री लखन दास

सिरहा–धनुषा जोड्ने कमला पुल निर्माणका लागि बजेट नछुट्याएको भन्दै प्रदेशसभा अगाडि प्रदर्शन

सिरहा–धनुषा जोड्ने कमला पुल निर्माणका लागि बजेट नछुट्याएको भन्दै प्रदेशसभा अगाडि प्रदर्शन

खेतीको मुख्य याममा ट्रान्सफर्मर चोरीले किसान चिन्तित

खेतीको मुख्य याममा ट्रान्सफर्मर चोरीले किसान चिन्तित

आगामी एक हप्ताभित्र माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक हुने

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

धरानको पिण्डेश्वर बाबाधाममा तीर्थालु र पर्यटकको आकर्षण बढ्दो

धरानको पिण्डेश्वर बाबाधाममा तीर्थालु र पर्यटकको आकर्षण बढ्दो

राष्ट्रियसभा : मिटरब्याजीपीडितले न्याय पाउन्, जनताले पूरै ग्यास प्रयोग गर्न पाउन्

राष्ट्रियसभा : मिटरब्याजीपीडितले न्याय पाउन्, जनताले पूरै ग्यास प्रयोग गर्न पाउन्

विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन

‘सत्यको जित भयो, अब जनताको सेवामा केन्द्रित हुन्छु’ : शिवशंकर साह हिरा

‘सत्यको जित भयो, अब जनताको सेवामा केन्द्रित हुन्छु’ : शिवशंकर साह हिरा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!