धनुषा/कार्तिक १ गते । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले जनकधनुषापुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि भएको कुटपिट घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
हिजो राति जनकपुरधामको सोनारपट्टी क्षेत्रमा प्रहरी र स्थानीय सुनचाँदी व्यवसायीबीच भएको झडपमा घाइते भएका अध्यक्ष भण्डारीलाई आज मुख्यमन्त्री सोनलले अस्पतालमै पुगेर भेट गरेका थिए । भेटका क्रममा उनले मधेस प्रदेशका प्रहरी प्रमुखलाई तत्काल घटनाको निष्पक्ष छानबिन गरी संलग्न प्रहरीमाथि आवश्यक कानूनी कारबाही गर्न निर्देशन दिएका हुन् ।
घटना हिजो राति प्रहरी टोलीले सोनारपट्टीस्थित सुनचाँदी पसलमा छापा मार्ने क्रममा भएको थियो । व्यापारीहरूले दीपावलीको समयमा राति–राति पसलमा छापा मार्दै दुःख दिने कार्य प्रति असन्तुष्टि जनाउँदै प्रतिकार गर्दा झडप भएको बताइन्छ । सो क्रममा उद्योग वाणिज्य सङ्घका अध्यक्ष भण्डारी घाइते भएका थिए ।
व्यापारीहरूले प्रहरीको यस्तो व्यवहारले व्यवसायिक वातावरणमा त्रास फैलाएको भन्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।













Discussion about this post