जनकपुरधाम । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आह्वान गरेकी छन्। मुख्यमन्त्री सतिश कुमार सिंहले आज (मंगलबार) पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन्।
प्रदेश प्रमुख भण्डारीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई बहुमतको समर्थन प्राप्त हुने गरी नयाँ सरकार गठनका लागि बुधवार अपराह्न ४ बजेसम्मको समय तोकेकी छन्। आजै मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएका थिए ।

Beta feature















Discussion about this post