nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई समयमै निर्वाचन हुनेमा आशंका

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २७, २०८२, ११:३५ मध्यान्ह
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई समयमै निर्वाचन हुनेमा आशंका

जनकपुरधाम/असोज २७ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको अवस्थामै फागुन २१ गते निर्धारित निर्वाचन हुनेमा शंका व्यक्त गरेका छन् । जसपा नेपालको मधेश प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष यादवले अन्तरिम सरकारले निर्वाचन गराउन सक्ने वातावरण बनाउन नसकेको आरोप लगाए ।

उनका अनुसार, निर्वाचनका लागि ६ महिनाको समयावधि दिएर गठन गरिएको अन्तरिम सरकारको एक महिना बितिसक्दा पनि उसले कुनै ठोस काम अगाडि बढाउन सकेको छैन । यादवले भने, “अन्तरिम सरकारले अहिलेसम्म हामीसँग निर्वाचन केन्द्रित छलफल गरेको छैन । राजनीतिक दलहरूको सहभागिता र सहमति बिना निर्वाचन सम्भव छैन ।”

अध्यक्ष यादवले तत्कालीन राजा ज्ञानेन्द्रले राजनीतिक दलविना चुनाव गराएको उदाहरण दिँदै अहिलेको सरकार पनि त्यस्तै बाटोमा हिँड्दै गएको बताए । उनले चेतावनी दिँदै भने, “राजनीतिक दलसँग छलफल नगरी गरिएको चुनाव परिणाममुखी हुँदैन ।”

संघीयता खारेज गर्ने षड्यन्त्र भइरहेको दाबी गर्दै यादवले त्यसविरुद्ध जसपा नेपाल सधैं खडा रहने स्पष्ट सन्देश दिए । “संघीय गणतन्त्रात्मक व्यवस्थालाई समाप्त पार्ने खेल भए त्यसविरुद्ध हामी चुप लाग्नेछैनौं,” उनले भने, “अब कसरी संघीय गणतन्त्रलाई अझ मजबुत बनाउन सकिन्छ, त्यस तर्फ सबैले सोच्नुपर्छ ।”

यादवले कांग्रेस र कम्युनिष्ट दलहरूले वर्षौं सरकार चलाए पनि देशमा खासै विकास गर्न नसकेको आरोप लगाए । उनले भने, “देशले कुनै क्षेत्रमा विकास गरेन, तर भ्रष्टाचार मात्रै त्यो क्षेत्र हो जहाँ तीव्र विकास भयो । यही कारणले युवाहरूमा आक्रोश बढ्दै आन्दोलनको रूपमा देखा परेको छ ।”

देशलाई सही दिशामा लैजान प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक प्रतिनिधित्व आधारित निर्वाचन प्रणाली आजको आवश्यकता भएको यादवको भनाइ थियो ।

उनले संघीय गणतन्त्रात्मक व्यवस्थालाई जोगाउँदै संविधान पुनर्लेखन, प्रदेशहरूको पुनःसंरचना, प्रदेशलाई अधिकार सम्पन्न बनाउने र स्थानीय तहमा दलगत प्रतिस्पर्धा अन्त्य गरी त्यसलाई प्रदेश मातहत ल्याउने माग पनि राखे ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

जनकपुर जेसिजको जेसिज सप्ताह २०२५ सम्पन्न

जनकपुर जेसिजको जेसिज सप्ताह २०२५ सम्पन्न

जनकपुरधाम वडा न.-१४ मा अनलाइन मतदाता नाम दर्ता,वडाबासी उत्साहित

जनकपुरधाम वडा न.-१४ मा अनलाइन मतदाता नाम दर्ता,वडाबासी उत्साहित

अहिलेको असफल व्यवस्थाकै कारण सार्वजनिक ऋण बढयो : प्रभु साह

अहिलेको असफल व्यवस्थाकै कारण सार्वजनिक ऋण बढयो : प्रभु साह

जनकपुर जेसिजले आयोजना गरेको जेसिज सप्ताहको छैठौ दिन लागुऔषध विरुद्ध सचेतनात्मक कार्यक्रम सम्पन्न

जनकपुर जेसिजले आयोजना गरेको जेसिज सप्ताहको छैठौ दिन लागुऔषध विरुद्ध सचेतनात्मक कार्यक्रम सम्पन्न

जनकपुर जेसिजले आयोजना गरेको जेसिज सप्ताह २०२५ को पाचौं दिन स्टेसनरी सामाग्री वितरण

जनकपुर जेसिजले आयोजना गरेको जेसिज सप्ताह २०२५ को पाचौं दिन स्टेसनरी सामाग्री वितरण

मा.वि.सोहनी मुजेलियामा विपद्‌ जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास सम्पन्न

मा.वि.सोहनी मुजेलियामा विपद्‌ जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास सम्पन्न

जेसिज सप्ताहको चौथो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल डान्सिङ कन्टेस्ट कार्यक्रम सम्पन्न

जेसिज सप्ताहको चौथो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल डान्सिङ कन्टेस्ट कार्यक्रम सम्पन्न

मधेश सरकारमा को को बन्दैछ मन्त्री?

मधेश सरकारमा को को बन्दैछ मन्त्री?

जेसिज सप्ताहको तेस्रो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

जेसिज सप्ताहको तेस्रो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

दुई वर्षको प्रेम, विवाह सुरु भएको दुई मिनेटमै बबाल

दुई वर्षको प्रेम, विवाह सुरु भएको दुई मिनेटमै बबाल

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!