असोज २३ गते। नेपालमा हैजाको संक्रमणको प्रकोप तीव्र भएपछि सरकारले पर्सा र बाराका उच्च जोखिम भएका क्षेत्रमा हैजा नियन्त्रणका लागि खोप अभियान सुरू गर्न लागेको छ ।
पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तहमा र बारा जिल्लाका ६ स्थानीय तहका एक वर्षभन्दा माथिका व्यक्तिहरूलाई खोप दिन लागिएको हो । परिवार कल्याण महाशाखाका अनुसार पर्सामा २६ असोजदेखि र बारामा २९ असोजदेखि अभियान सुरु हुनेछ ।
हैजा फैलिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप व्यवस्थासम्बन्धी अन्तर्राष्ट्रिय समन्वय समूह (आईसीजी) सँग खोप मागेको थियो । मुखबाट दिइने हैजाविरुद्ध इयूभिकोल–एस खोप १० लाख १८ हजार मात्रा प्राप्त भएको छ ।
सरकारले परिवार कल्याण महाशाखाको नेतृत्वमा विश्व स्वास्थ्य संगठन र युनिसेफको प्राविधिक सहयोगका खोप दिन लागेको हो ।













Discussion about this post