असोज २३ गते। सरकारले भूमि समस्या समाधान आयोग तथा देशभरका सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेका छन् ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ अन्तर्गत गठन भएका सबै संरचना खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदिश खरेलले बताएको छ ।
त्यसैगरी, बैठकले इलाम जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय गरेको छ ।
साथै, चार जना उपरीक्षक (डीआईजी) लाई बढुवा गर्ने निर्णय समेत बैठकले गरेको प्रवक्ता खरेलले जानकारी दिए ।













Discussion about this post