nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नेताहरुको घरबाट पैसा भेटिएको र नोट जलेको कुरामा यो सरकारले तथ्यगत कुरा बाहिर ल्याओस : प्रभु साह

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ११, २०८२, ६:४७ मध्यान्ह
नेताहरुको घरबाट पैसा भेटिएको र नोट जलेको कुरामा यो सरकारले तथ्यगत कुरा बाहिर ल्याओस : प्रभु साह

काठमाडौं/असोज ११ गते। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले केपी शर्मा ओलीको हठ, घमण्ड र अहंकारले मुलुक र नेकपा (एमाले) दुबै डुबाएको टिप्पणी गरेका छन् । सार्वजनिक रुपमा आम माफी माग्दै राजनीतिबाट सन्यास लिनुको साटो ओलीमा त्यो हठ, घमण्ड र अहंकार अझै कायमै रहेको उनले बताए ।

सर्लाहीको लालबन्दीमा आज (शनिबार) आजपा मधेस प्रदेश कमिटीको बैठक एवं दशैं, दिपावली तथा छठ पर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले गुण्डुमा गुण्डाहरु भेला गर्नुको साटो ओलीले सार्वजनिक रुपमै माफी मागेर राजनीतिबाट सन्यास लिनुपर्ने सुझाव दिए ।

‘केपी ओलीको हठ, घमण्ड र अहंकारले अहिले मुलुक र एमालेलाई ठुलो क्षति हुन गयो । एमालेमात्रै होइन, मुलुक नै डुबाउने काम ओलीले गर्नुभयो । ओलीकै हठ, घमण्ड र अहंकारले मुलुक जलेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘युवाहरुको भावना बुझ्नुको साटो उनीहरुलाई प्रहार गर्नुको दशा भोग्नुभयो । यसपटक त सेनाले बचाइदियो, यस्तै हट, घमण्ड र अहंकार रहिरहयो भने दुर्दशा भोग्नु नपर्ला भन्न सकिदै । त्यसैले मेरो सुझाव छ गुण्डुमा गुण्डा भेला गर्नुको साटो सार्वजनिक रुपमा माफी मागेर राजनीतिबाट सन्यास लिनुहोस, त्यसमै एमालेको भलो छ ।’

उनले एमालेले ओलीलाई अगाडि नलगाओस र नेपाली कांग्रेसले शेरबहादुर देउवा देखाएर दाईं नगरोस भन्दै बलपूर्वक हटाईएका यी बुढा नेताहरुलाई अब राजनीतिबाट स्थायी रुपमा बिदाई गर्नुको विकल्प नभएको बताए ।

देउवा दम्पत्तिलाई यो देशको माया नभएको बताउदै आजपा अध्यक्ष साहले नत्र बाँच्नको लागि संघर्ष गरेको अवस्थामा किन नयाँ पासपोर्ट बनाईयो ? भागेर सुख पाईन्छ ? भन्दै प्रश्न समेत गरेका छन् ।

यस्तै, नेताहरुको घरबाट पैसा भेटिएको र नोट जलेको कुरामा यो सरकारले तथ्यगत कुरा बाहिर ल्याओस भन्ने माग समेत उनले गरे । यसैगरी अहिलेको सरकारमा जेनजी वा जेनजी आन्दोलनका शहिद परिवारको पनि प्रतिनिधित्व हुनुपर्ने सुझाव उनले दिए ।

‘लोकप्रियतावादको हावा नेपालमा पनि चल्यो । अर्को जेलेन्स्की जन्माएर देशको अस्तित्व समाप्त पार्ने षड्यन्त्र हुनसक्छ, देशभक्त हामी नेपाली चनाखो हुन जरुरी छ,’ आजपा अध्धक्ष साहले भने, ‘कागजी बाघहरु लुकेर अँध्यारो कोठाबाट षड्यन्त्रको तानाबाना बुनिरहेका छन्, हिरोइज्म देखाईरहेका छन् । हामी सचेत हुनुपर्छ ।’

मुलुकलाई झनै ठूलो संकटको भूमरीमा फसाईयो बताउदै उनले अहिलेकै संविधान कायमै राखेर समस्याको समाधान नहुने ठोकुवा समेत गरे । अन्तरिम सरकारका साथै अन्तरिम संविधानबाटै मुलुकले निकास पाउने उनले बताए ।

देश लुटेर सन्तान र सम्पत्ति विदेश पुर्याउने नेताहरुलाई अब छानीछानी आक्रमण गर्नुपर्ने आवश्यक्ता देखिएको उनले बताए । ‘ठूला दलका ठूला नेता र यिनीहरुको आसेपासेलाई मेरो चूनौति छ –भ्रष्टाचारको बलमा आर्जन गरेको अकुत सम्पत्तिको धमाश नदेखाउनुहोस, युवाहरुको बलमा जनताले सेप्टेम्बर ८ र ९ एउटा गतिलै फिल्म देखाईसकेका छन् । जनता नायक हुन्, तिमीहरु चोर नेता फिल्मको भिलेनजस्तै हो । अन्त्यमा जनताकै जित हुन्छ,’ आजपा अध्यक्ष साहले भने ।

 

देशमा अनिश्चयको बादल मडारिएको र शक्ति राष्ट्रहरुको सक्रियता एवं चलखेल बढदै गइरहेको उनले बताए । नेपाली सेनाले पनि सक्रियता देखाएको बताउदै साहले राजनीतिक मुद्दामा सेना केन्द्रित हुनु सुखद् पक्ष नभएको टिप्पणी गरे ।

अहिलेका सरकारमा देखिएका अनुहारबाट देशेको मुहार नफेरिने समेत उनले बताए । ‘अन्तरिम सरकारको आयु लम्ब्याउने खेल हुनसक्छ, हामी जुनसुकै बेला जनसंघर्षमा होमिनुपर्ने हुन्छ । म नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन पनि दिन्छु । पछिल्लो एक महिनादेखि देश राज्यविहीनताको अवस्थामा छ, यस्तो बेला तयारी अवस्थामा रहनुपर्छ,’ साहले भने ।

यसैगरी युवाहरुको आक्रोशले पैदा भएको जनविद्रोहलाई कलंकित पार्ने काम नगर्न उनले प्रधानमन्त्री सुशीला कार्कीलाई चेतावनी समेत दिए । आजपा अध्यक्ष साहले भने, ‘तपाईं ओली हटाएर आफू कुर्सीमा विराजमान हुनको लागि मात्रै आएको हो र ? होईन भने, त्यही संविधान र त्यही व्यवस्था राखेर जनविद्रोहको कसरी सम्मान हुन्छ ? देश एनजिओ र आईएनजिओ चलाएको जस्तो हुँदैन । देशको सार्वभौसत्ता, भौगोलिक अखण्डता र स्वाधिनताको रक्षा आजको पहिलो कर्तव्य हो ।’

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

बालश्रम विरुद्ध दिवसमा वक्तृत्वकला प्रतियोगिता, प्रिती कुमारी यादव प्रथम

बालश्रम विरुद्ध दिवसमा वक्तृत्वकला प्रतियोगिता, प्रिती कुमारी यादव प्रथम

दलित सशक्तीकरण ऐन कार्यान्वयनमुखी बजेट ल्याइने : मन्त्री लखन दास

दलित सशक्तीकरण ऐन कार्यान्वयनमुखी बजेट ल्याइने : मन्त्री लखन दास

सिरहा–धनुषा जोड्ने कमला पुल निर्माणका लागि बजेट नछुट्याएको भन्दै प्रदेशसभा अगाडि प्रदर्शन

सिरहा–धनुषा जोड्ने कमला पुल निर्माणका लागि बजेट नछुट्याएको भन्दै प्रदेशसभा अगाडि प्रदर्शन

खेतीको मुख्य याममा ट्रान्सफर्मर चोरीले किसान चिन्तित

खेतीको मुख्य याममा ट्रान्सफर्मर चोरीले किसान चिन्तित

आगामी एक हप्ताभित्र माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक हुने

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

धरानको पिण्डेश्वर बाबाधाममा तीर्थालु र पर्यटकको आकर्षण बढ्दो

धरानको पिण्डेश्वर बाबाधाममा तीर्थालु र पर्यटकको आकर्षण बढ्दो

राष्ट्रियसभा : मिटरब्याजीपीडितले न्याय पाउन्, जनताले पूरै ग्यास प्रयोग गर्न पाउन्

राष्ट्रियसभा : मिटरब्याजीपीडितले न्याय पाउन्, जनताले पूरै ग्यास प्रयोग गर्न पाउन्

विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन

‘सत्यको जित भयो, अब जनताको सेवामा केन्द्रित हुन्छु’ : शिवशंकर साह हिरा

‘सत्यको जित भयो, अब जनताको सेवामा केन्द्रित हुन्छु’ : शिवशंकर साह हिरा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!