असोज ९ गते। सरकारले जेन–जी आन्दोलनको दमन र सम्पत्ति शुद्धीकरणमा संलग्न ठहरिएका प्रमुख राजनीतिक दलका नेताहरूको राहदानी रोक्का गर्ने तयारी गरेको छ ।
राहदानी रोक्काको तयारीमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवासहितका नेताहरूको नाम परेको छ ।
प्रधानमन्त्री कार्यालयले अध्यागमन र राहदानी विभागसँग छलफल गरी कानुनी प्रक्रिया अघि बढाइसकेको छ । हालसम्म कसैको पासपोर्ट रोक्का नभए पनि प्रक्रिया अन्तिम चरणमा पुगेको स्रोतको दाबी छ ।
यसैबीच, सम्पत्ति शुद्धीकरण विभागले देउवा, दीपक खड्का, प्रचण्ड र ओलीको निवासमा पुगेर अनुसन्धान अघि बढाएको छ । उनीहरूका घरमा डढेको नगद भेटिएको भिडियो सार्वजनिक भएको छ ।
अनुसन्धानको निष्कर्षपछि राहदानी रोक्का र अन्य कानुनी कारबाही अघि बढ्ने संकेत देखिएको छ ।













Discussion about this post