असोज ८ गते। नेपाली कांग्रेसले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। आज बुधबार बसेको पार्टी प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
मधेसमा जनमत पार्टीका सांसद सतिशकुमार सिंह नेतृत्वमा सरकार छ। मधेस सरकारमा कांग्रेसका ४ मन्त्री थिए। उनीहरूलाई पनि फिर्ता आउन पार्टीले निर्देशन जारी गरिसकेको छ। त्यस्तै मधेसमा जनमत पार्टीभित्रकै विवादका कारण मुख्यमन्त्री सिंह थप समस्यामा परेका हुन्।
अहिले उनकै पार्टी जनमतका सांसदहरू पनि प्रतिपक्षी बेन्चमा बस्न थालेका छन्। जनमतकै सांसद प्रतिपक्ष बेन्चमा बस्न थालेको अवस्थामा कांग्रेस सरकारमा रहनु उचित नहुने निष्कर्ष निकालिएको कांग्रेस मधेस सभापति कृष्ण यादवले जानकारी दिए।
Beta feature






















Discussion about this post