जनकपुरधाम/असोज ६ गते। चाडपर्वलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनकपुरधामसहित जिल्लाका विभिन्न स्थानमा यात्रु/नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ। रामानन्द चौक, मुजेलिया, ढल्केवर, लालगढलगायतका प्रमुख स्थानमा स्थापना गरिएका सहायता कक्षमार्फत यात्रुहरूलाई सहज र सुरक्षित आवागमनमा सहयोग पुग्ने विश्वास गरिएको छ।
आइतबार जनकपुरधाममा आयोजित विशेष समारोहकाबीच धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहाल, प्रहरी प्रमुख नरहरि रेग्मी, शसस्त्र प्रहरी बल, नेपाली सेना, अनुसन्धान विभागका धनुषा प्रमुख, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह, समाजसेवी अमरचन्द्र अनिल, यातायात व्यवसायी संघका अध्यक्ष मनोज चौधरी, वडा अध्यक्ष दिनेश सिंह, रामानन्द युवा क्लवका अध्यक्ष शशी भुषण झा, युवा अभियन्ता सरोज मिश्र सहितकको उपस्थितीमा ‘म जिम्मेवार चालक’ उल्लेखित स्टिकर सवारीसाधनमा लगाइएर समुदघाटन गरिएको छ । अभियानअन्तर्गत सवारीसाधनमा विशेष स्टिकर टाँस गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्य बहादुर शाहीका अनुसार चाडपर्वका बेला बढ्ने यात्रु चापलाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले जनतामुखी सेवा प्रवाहलाई प्राथमिकतामा राखेको छ। उनका भनाइअनुसार, गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कार्यालय, पोसाक तथा राशनसमेत क्षति भएपनि ट्राफिक प्रहरी पुनः जनताको सेवामा सक्रिय भएको छ।
शाहीले चाडपर्वलाई व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्थापनमा हर सम्भव प्रयास जारी रहने उल्लेख गरे।













Discussion about this post