जनकपुरधाम/भदौ २३ गते। सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको विरोधमा सोमबार जनकपुरधाममा जेन-जी पुस्ताले विरोध प्रदर्शन गरेका छन्।
जनकपुरधामको ऐतिहासिक जानकी मन्दिर परिसरमा जम्मा भएका युवाहरूले सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन सुरू गरेका थिए। उनीहरू जानकी मन्दिरबाट जनक चौकहुँदै जिल्ला प्रशासन कार्यालय पुगेका थिए।
‘एन्ड करप्सन’, ‘आई एम विथ जेन-जी मुभमेन्ट’, ‘स्टप करप्सन’, ‘युथ युनाइटेड, फ्युचर ब्राइट’ लगायतका प्लेकार्ड बोकेर युवाहरूले सरकारको निर्णयविरुद्ध विरोध जनाए।
प्रदर्शनमा सामाजिक सञ्जालमा सक्रिय युवा, अभियन्ता तथा विभिन्न सामाजिक मुद्दामा अग्रसर रहेका युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


Discussion about this post