भदौ १७ गते। भदौ २७ गते रिलिज हुन लागेको चलचित्र ‘अभिमन्यु’ को प्रोमोशन को लागि चलचित्र टीम जनकपुरधाम आई पुगेको छ । चलचित्र टीमले आज जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर फिल्मको बारेमा जानकारी गराएको छ। पत्रकार सम्मेलनमा ‘अभिमन्यु’का मुख्य कलाकार द्वय कामेश्वर चौसासिया र किरण श्रेष्ठ सहभागी रहेको थियो ।
उनीहरूले दर्शकले रुचाउने खालको चलचित्र बनेको भन्दै हेरेर जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन आग्रह गरेका छन् ।

चलचित्र ‘अभिमन्यु’ भदौ २७ गते रिलिज हुँदैछ । यो चलचित्रको हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुनेछ । चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्नेछ ।
चलचित्र ‘अभिमन्यु’मा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौलालगायतको अभिनय छ । सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् । मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् ।
‘अभिमन्यु’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।
जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस चलचित्रमा मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन, मदन घिमिरे सम्पादक रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहेको छ ।














Discussion about this post