जनकपुरधाम/साउन ३१ गते । श्री महावीर युवा कमिटीले आफ्नो ५९औं साधारण सभाबाट जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्षको विजया दशमी (दशैं) पर्वलाई भव्य र सफल बनाउन विभिन्न उपसमिति गठन गरेको छ।
कमिटीका अध्यक्ष दीपककुमार साहको अध्यक्षतामा सम्पन्न साधारण सभाले मूल पूजा समितिको संयोजकमा चन्दन राज शर्मालाई चयन गरेको छ।
त्यसैगरी, ठेहा संयोजकमा गोविन्द कुमार साह, रावण बधका संयोजकमा ओम प्रकाश गुप्ता, महाप्रसाद संयोजकमा दीपककुमार साह प्रसाद, सुरक्षा संयोजकमा बलराम साह, रमाइलो मेला संयोजकमा रोशन कुमार साह, भव्य श्रृंगार संयोजकमा रबिकुमार शर्मा, विजयदशमी जुलुश संयोजकमा मोहन साह, खोइछ भरी कार्यक्रम संयोजकमा किशनकुमार साह, भजन सन्ध्या संयोजकमा विक्रम कुमार साह, पार्क व्यवस्थापन संयोजकमा राहुलकुमार साह, गहवर व्यवस्थापन संयोजकमा प्रकाश साह र लाइन व्यवस्थापन संयोजकमा शशिकुमार साहलाई जिम्मेवारी दिएको छ।
साधारण सभाले यसपटकको दशैं पर्वलाई सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण सदस्य तथा स्थानीय बासिन्दालाई सक्रिय सहभागिता जनाउन आह्वान समेत गरेको छ।

Discussion about this post