गिरिजानन्द साह/जनकपुरधाम/साउन २१ गते। जनकपुरधामको एक प्रमुख व्यवसायिक क्षेत्रको रूपमा परिचित पेठिया बजारलाई व्यवस्थित र सुविधा सम्पन्न बनाउने उद्देश्यसहित योजना र बजेटको व्यवस्थाका लागि स्थलगत निरीक्षण गरिएको छ।
पूर्व उपप्रधानमन्त्री एवं नेकपा (एमाले) नेता माननीय रघुवीर महासेठ र पूर्वमन्त्री माननीय जुली महतोले शहरी विकास मन्त्रालयबाट बजेट विनियोजन गराई पेठिया बजारको सुधार तथा पूर्वाधार निर्माण कार्यलाई अघि बढाउने कार्यमा चासो देखाउँदै निरीक्षण गर्नुभएको हो।
स्थानीय व्यापारी तथा जनप्रतिनिधिहरूसँगको समन्वयमा गरिएको यस निरीक्षणको क्रममा बजार क्षेत्रमा बाटो, नाली, पार्किङ, सटर निर्माण लगायतको समग्र विकासका लागि आवश्यक योजना बनाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
पूर्व उपप्रधानमन्त्री महासेठले जनकपुरधामको आर्थिक गतिविधिको मुटु मानिने पेठिया बजारलाई योजना अनुसार संरचना निर्माणमार्फत आधुनिकीकरण गर्न आवश्यक रहेको बताए ।
उक्त निरीक्षणमा स्थानीय सरोकारवाला निकायका प्रतिनिधि, शहरी विकास मन्त्रालयका अधिकारी, जनप्रतिनिधिहरू र नागरिक समाजका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
दुवै नेताले सम्बन्धित प्राविधिक टोलीसहित स्थलगत निरीक्षण गर्दै बजार क्षेत्रको वर्तमान अवस्थाबारे जानकारी लिएका थिए । निरीक्षणको क्रममा बजारको खचाखच भिड, पार्किङको अभाव, नालाको अवस्था, सडक संरचना र सरसफाइ समस्याहरूको प्रत्यक्ष अवलोकन नेताद्वयले गरे ।
पूर्व उपप्रधानमन्त्री महासेठले जनकपुरधामको आर्थिक गतिविधिको मुटु मानिने पेठिया बजारलाई योजना अनुसार संरचना निर्माणमार्फत आधुनिकीकरण गर्न आवश्यक रहेको बताए ।














Discussion about this post