गिरिजानन्द साह/जनकपुरधाम । सुरक्षा तथा न्याय कार्यक्रम अन्तर्गत कायापलटले DDRC पर्सासँगको साझेदारीमा, युके ईन नेपाल र पिपुल इन नीडको आर्थिक सहयोगमा दुई दिने “बाल भित्ते पत्रिका तालिम” सफलतापूर्वक सम्पन्न गरेको छ।
तालिममा जनकपुरधामका तीन विद्यालयका बाल क्लब र GIEN नेटवर्कका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले रचनात्मक सिकाइको एक प्रभावकारी माध्यमको रूपमा भित्ते पत्रिका को प्रयोगबारे व्यावहारिक ज्ञान हासिल गरे।
तालिमले बालबालिकाको नेतृत्वमा तयार गरिने सामग्रीले विद्यालयहरूमा आत्म-अभिव्यक्ति, आलोचनात्मक सोच र सामाजिक मुद्दाप्रतिको जागरूकता निर्माण गर्न कसरी सहयोग पुर्याउँछ भन्ने कुरामा विशेष जोड दिएको थियो।
यस तालिमले बालबालिकाको सञ्चार, लेखन तथा प्रस्तुतीकरणका सीपहरू विकास गर्न मात्र सिमित रहेन, साथै विद्यालयमा संवाद र रचनात्मक संस्कृतिको प्रवर्द्धन गर्ने सोचलाई समेत उत्प्रेरित गर्यो। सहभागीहरूले भित्ते पत्रिकालाई विद्यार्थीहरूको आवाज बुलन्द पार्ने सशक्त माध्यमको रूपमा अनुभव गरेका थिए।













Discussion about this post