जनकपुर/असार १३ गते। यामाहा नेपालले जनकपुरस्थित रंगभूमि मैदान, बाह्र विघामा ‘Blue-Fest Exchange Camp’ सुरु गरेको छ। नेपालको सबैभन्दा ठूलो दुईपाङ्ग्रे सवारी एक्सचेञ्ज इभेन्टमध्ये एक मानिएको यो मेला असार ११ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ।
एक सातासम्म चल्ने उक्त क्याम्पमा यामाहाका विभिन्न मोडलका बाइक तथा स्कूटरहरू विशेष छुट, बोनस र फाइनान्स अफरसहित उपलब्ध छन्। ग्राहकले जुनसुकै कम्पनीको जुनसुकै पुरानो बाइक वा स्कूटर साट्न सक्ने व्यवस्था मिलाइएको छ।
प्रमुख अफरहरू:
जुनसुकै कम्पनीको जुनसुकै पुरानो बाइक/स्कूटरमा न्यूनतम २५,००० रुपैयाँ मूल्यांकन।
यामाहा कम्पनीको पुरानो बाइकमा न्यूनतम ५०,००० रुपैयाँ मूल्यांकन।
१०,००० रुपैयाँसम्मको अतिरिक्त एक्सचेन्ज बोनस।
७.९९% ब्याजदरमा ग्यारेन्टरबिनाको फाइनान्स सुविधा।
२ वर्षसम्मको निशुल्क सर्भिसिङ।
निशुल्क हेलमेट तथा अन्य आकर्षक एक्सेसरीज।
कार्यक्रममा बाइक/स्कूटर एक्सचेन्ज र फाइनान्स सेवा मात्र नभई ग्राहकलाई यामाहाका नयाँ मोडलहरूको जानकारी दिने, प्रत्यक्ष अनुभव गराउने र स्टाइल तथा परफर्मेन्स प्रदर्शनसमेत गरिने छ।
यामाहाको उत्पादनहरू दैनिक यात्रुहरूदेखि रेसिङ र अफ-रोडप्रेमीहरूका लागि लक्षित छन्। Yamaha RayZR 125cc Hybrid, R15 V4, MT-15 V2, FZ V3 श्रृंखला, Aerox 155, र WR155R जस्ता मोडलहरू ग्राहकको रोजाइका रूपमा प्रस्तुत गरिएका छन्।
एमएडब्लू राइड्सअन्तर्गत सञ्चालनमा रहेको यामाहा ब्रान्डले नेपालभर प्रविधि, विश्वसनीयता र सेवा उत्कृष्टताको उदाहरण कायम राखेको आयोजकले जनाएको छ।
जनकपुर र आसपासका ग्राहकलाई बाइक/स्कूटर साट्ने, नयाँ मोडल अनुभव गर्ने र उत्सवको माहोल सँगसँगै रमाइलो गर्ने दुर्लभ अवसर प्रदान गर्न यो इभेन्ट आयोजना गरिएको हो।
आयोजकले सबैलाई परिवार र साथीहरूसहित सहभागी भई एकै ठाउँमा एक्सचेन्ज, अपग्रेड र उत्सवको अनुभव लिन आमन्त्रण गरेको छ।














Discussion about this post