गिरिजानन्द साह/जनकपुरधाम/असार ११ गते। जनकपुरधाम उपमहानगरपालिकाले पहिलोपटक “उप–मेयर कप कबड्डी प्रतियोगिता” को आयोजना गरेको छ। नगरभित्रका विद्यालयका छात्राहरुलाई लक्षित गर्दै आयोजित प्रतियोगिता आजदेखि औपचारिक रूपमा सुरु भएको हो।
प्रतियोगिताको उद्घाटन बसहिया स्थित गुगल प्रसाद माध्यमिक विद्यालयको प्रांगणमा गरिएको थियो। प्रतियोगितामा उपमहानगरपालिकाका विभिन्न १० विद्यालयका छात्रा टोलीहरूको सहभागिता रहेको छ।
कार्यक्रमको उद्घाटन सत्रमा जनप्रतिनिधिहरू, शिक्षक, विद्यालयका पदाधिकारी, खेलप्रेमी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजकका अनुसार प्रतियोगिता विद्यालयस्तरीय छात्रा खेल प्रतिभा पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले गरिएको हो।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यालय टोलीहरूलाई उपमहानगरपालिकाको तर्फबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ।
जनकपुरधाम उपमहानगरपालिकाले आगामी दिनमा विद्यालयस्तरीय खेलकुद कार्यक्रमहरूलाई थप विस्तार गर्ने प्रतिबद्धता समेत जनाएको छ।





















Discussion about this post