धनुषा/बैशाख २३ गते। मधेश र खास गरि धनुषामा अचानक कुनै घटना दुर्घटना भएर शरिरमा हुने आपतकालिन संवेदनशिल टुटफुट अंगभंगको उपचार समान्यतया जनकपुरधाममा सम्भव हुदैन । अधिकांशलाई रेफर गरि धरान, विराटनगर वा काठमाण्डौं पठाईन्छ ।
कतिपय चिकित्सक रिस्क लिन चाहदैन, विरामी पक्ष एकदमै सफल उपचारको ग्यारेन्टी खोज्दछ जस्ले शंसय उत्पन्न भई यहाँका विरामीहरु बाहिर गएर अनावश्यक खर्च गरि उपचार गराउने स्थितीको सृजना हुने गरेको छ । तर त्यस्ता आपतकालिन उपचारहरु पनि जनकपुरधाममै सम्भव र सफल रहेको पछिल्लो उदाहरणले देखाएको छ ।
धनुषाको पुर्वी ग्रामिण जनकनन्दनी गाउँपालिका वडा नं. २ गाँउ बल्हा निवासी साहवुदिन शेखकी १७ वर्षकी छोरी घरको छत र छत माथीको पनि रेलिङ्गबाट चिप्लेर भुँईमा लडिन् र सख्त घाइते भईन् । हत्तारमा अस्पताल पुरयाइएकी उनको परिक्षण पछि थाहा लाग्यो उनको स्पाइनल (मेरुदण्ड) एल टु भाँचिएर आपतकालिन शल्यक्रिया गरि इम्प्लान्ट जडान गर्नुपर्ने भयो ।
आतिएका शेख छोरीको उपचार जनकपुरधाममै होस भन्ने चाहन्थे । उनले आफनो चिनजानको हिसावले जनकपुरधाममै उत्कृष्ट उपचार गर्ने निधो गरे बरु विशेषज्ञ चिकित्सक ल्याउन परे ल्याउने पनि निर्णय भयो र प्रादेशिक अस्पताल संगको समन्वयमा उनको छोरीको सफल शल्यक्रिया र उपचार पनि सफल भएको छ । हर्षित शेखले बिश्वास र सहज वातावरण भए जनकपरधाममै पनि यस्ता शल्यक्रिया हने आफुले थाहा पाएपछि त्यसका लागि दृढ भएको बताए ।
प्रादेशिक अस्पतालका निर्देशक डा. जामुन सिंहको पहलमा अस्पतालका कन्सलटेन्ट न्युरो सर्जन डा. प्रधुम्न कुमार यादवको नेतृत्व र अस्पतालको स्वीकृत लिएर राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौं बाट आएका विशेषज्ञ चिकित्सक डा. डा. प्रणव रेग्मीको टिम सहित कुल ९ जनाको टिमले विरामीको सफल शल्यक्रिया गर्न सफल भएको छ ।
विरामीका अभिभावक शेख वाहिर जाँदा सात देखि आठ लाख सम्मको खर्च हुने सो उपचार आफु जनकपुरधाममै करिव डेढ लाखको खर्चमा सम्भव भएपछि हर्षित छन् । उनको जनकपुरधाममा पनि घर भएका सहज भएको छ । करिव तिन घण्टा लगाएर सरल र सहज रुपमा शल्यक्रिया भएको अस्पतालको मोडलर ओटिका ईन्चार्ज रिता यादवले बताईन ।
Discussion about this post