गिरिजानन्द साह/बैशाख २३ गते। आधारभूत भाषिक तथा गणितीय सीपसम्बन्धी प्रदेशस्तरीय सम्मेलन जनकपुरधाममा सम्पन्न भएको छ ।
शिक्षा तथा संस्कृति मन्त्रालय मधेस प्रदेश र स्ट्रीट चाइल्ड अफ नेपालको संयुक्त आयोजना तथा हेम्पेल फाण्डेशनको आर्थिक सहयोगमा सञ्चालन भएको सम्मेलनमा मधेश प्रदेश बिभिन्न जिल्लाको जनप्रतिनिधि, शिक्षा शाखा प्रमुख, शिक्षक र शिक्षामा काम गर्ने संघ संस्थाहरुको सहभागिता रहेको थियो ।
आधारभूत भाषिक तथा गणितीय सीपको महत्व तथा सिकाइ परीक्षणका नतिजाबारे छलफल एवं जानकारी गराउने, सुधार केन्द्रित गरिएका असल अभ्यासहरुमा छलफल गर्ने, सिकाइ स्तरमा आधारित शिक्षण रणनीति र कार्यान्वयन प्रक्रिया र प्रभावका बारेमा जानकारी गराउने, प्रदेश तथा स्थानीय सरकार तथा सरोकारवालाहरुलाई स्रोत साधन परिचालन र आधारभूत भाषिक तथा गणितीय सीपसम्बन्धी क्रियाकलापको प्राथमिकीकरण र विस्तारबारे उत्प्रेरित गर्दै पैरवी गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो ।
सम्मेलनमा आधारभूत भाषिक तथा गणितीय सीपको महत्व, बिभिन्न अध्ययनका नतिजा तथा सरकारी एवं गैरसरकारी क्षेत्रबाट भएका असल अभ्यास र सिकाईहरुको बारेमा प्रस्तुतीकरण समेत गरिएको थियो ।
सम्मेलनमा आधारभूत भाषिक तथा गणितीय सीप सुधारकेन्द्रित प्यालन छलफल समेत गरिएको थियो ।प्यालन छलफलमा पाठ्यक्रम विकास केन्द्रका निर्देशक वासुदेव वस्ती , बरहथवा नगरपालिकाका मेयर कल्पना कुमारी कटुवाल, भंगहा नगरपलिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नर बहादुर पाख्रिन,आसमान नेपालको कार्यक्रम निर्देशक दिनेश्वर साह सहभागिता रहेको थियो ।
आधारभूत भाषिक तथा गणितीय सीप सुधारका लागि संघीय, प्रदेश र स्थानीय स्तरमा गरिएका पहल, अभ्यास, नतिजासँगै अवको प्राथमिकीकरण तथा अवसरहरू माथि केन्द्रित रहेर अन्तरक्रिया गरिएको थियो । जसमा आगामी दिनमा निर्माण हुने शैक्षिक योजनाहरुमा भाषिक तथा गणितीय सीप सुधारका लागि तीनवटै सरकारले विशेष ध्यानुपर्नेमा जोड दिइएको थियो ।
स्ट्रीट चाइल्ड अफ नेपालका कन्ट्री डाइरेक्टर क्षितिज बस्नेतले मधेश प्रदेसमा भाषिक तथा गणितीय सीप सुधारका लागि तीन वटै सरकारले बिभिन्न योजनाहरुमै समावेश गरी प्रभाकारी कार्यान्वयनमा जानुपर्ने बताए ।
Discussion about this post