जनकपुरधाम/बैशाख गते। नेकपा (एमाले) धनुषा जिल्ला कमिटीले यही बैशाख २० गतेदेखि सुरु हुने ८ औं जिल्ला अधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ। बुधबार जनकपुरधामस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री जुली महतोले अधिवेशनबारे जानकारी दिँदै नारा र लोगो सार्वजनिक गरेकी हुन्।
“धनुषा जिल्लाको समृद्धि र सुखीको आधार, तीनै तहमा नेकपा (एमाले) को सरकार” भन्ने नारासहित सार्वजनिक गरिएको लोगोमा ऐतिहासिक जानकी मन्दिरमाथि उदाउँदै गरेको सूर्यको चित्र समावेश गरिएको छ।
पत्रकार सम्मेलनको नेतृत्व पार्टीका वर्तमान जिल्ला अध्यक्ष राजकिशोर यादवले गरेका थिए। सम्मेलनमा जानकारी गराइएअनुसार अधिवेशन बैशाख २० गतेदेखि २२ गतेसम्म जनकपुरधाममा सञ्चालन हुनेछ। अधिवेशनको उद्घाटन नेकपा एमालेका विरिष्ट उपाध्यक्ष विष्णु पौडेलले गर्ने महतोले जानकारी दिईन । उनले पार्टी अध्यक्ष केपी शर्मा ओली आउने तयारी गरेकोमा हाल बजेट निर्माणका लागि कार्यव्यवस्तता भएकाले वरिष्ट उपाध्यक्षले उद्घाटन गर्ने जानकारी दिईन । वडाको भूगोल र आरक्षण कोटामा समावेसितालाई मध्येनजर गर्दै जम्मा ६५० जना प्रतिनिधीले अधिवेशनमा भाग लिने उनले बताईन ।
७७ जिल्लामध्ये ७६ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ । धनुषा जिल्ला अधिवेशन बाँकी रहेको अन्तिम जिल्ला हो ।
Beta feature
Beta feature
Beta feature
Discussion about this post