जनकपुरधाम/चैत २८ गते। जनकपुरधाम उपमहानगरपालिकाको पहलमा नगर प्रमुख मनोज कुमार साहको अध्यक्षतामा पर्यटन प्रवर्द्धन सम्बन्धी बैठक सम्पन्न भएको छ।
बैठकमा होटल व्यवसायी, टुर गाइड एसोसिएशन,ट्राभल्स एन्ड टुर्सका व्यवसायीहरू लगायत पर्यटनसँग प्रत्यक्ष सरोकार राख्ने निकायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकमा जनकपुरधामको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पक्षलाई उजागर गर्दै यस क्षेत्रको पर्यटन विकासका लागि आवश्यक रणनीतिहरूमा छलफल गरिएको छ। सहभागिहरूले जनकपुरधामलाई व्यवस्थित, सुरक्षित र पर्यटकमैत्री गन्तव्य बनाउने विषयमा विभिन्न सुझाव तथा विचार प्रस्तुत गरेका थिए।
नगर प्रमुख साहले जनकपुरधामको पर्यटन क्षेत्रको दिगो विकासका लागि निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्य अपरिहार्य रहेको बताउँदै आगामी दिनमा एकीकृत योजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
उक्त बैठकले जनकपुरधामको पर्यटन सम्भावनालाई वास्तविकतामा रूपान्तरण गर्ने दिशामा सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन्।














Discussion about this post