nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषामा ५६ हजार २ सय ८२किशोरीलाई एचपीभी खोप लगाउने तयारी

गिरिजानन्द साह गिरिजानन्द साह
माघ १९, २०८१, ८:४८ मध्यान्ह
धनुषामा ५६ हजार २ सय ८२किशोरीलाई एचपीभी खोप लगाउने तयारी

जनकपुरधाम/माघ १९ गते । धनुषाका ५६ हजार २ सय ८२ जनालाई एचपीभी खोप (पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप) दिइने भएको छ ।

जिल्लाका ५ सय ४२ खोप केन्द्रमार्फत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई सो खोप दिने तयारी रहेको स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवले जानकारी दिएका छन् । शनिबार जनकपुरधाममा आयोजित एचपीभी खोप सम्बन्धी संचारकर्मीहरुसँगको अभिमुखिकरण कार्यक्रममा प्रमुख यादवले जिल्लामा माघ २३ गतेदेखि पहिलो चरणको खोप अभियान संचालन गरिने जानकारी दिए ।

पहिलो चरणमा जनकपुरधाम उपमहानगरपालिका, मुखियापपट्टी मुसहरनियाँ गाउँपालिका, नगराइन नगरपालिका, हंसपुर नगरपालिका, लक्ष्मीनियाँ गाउँपालिका, बटेश्वर गाउँपालिका, मिथिला नगरपालिका र गणेशमान चारनाथ नगरपालिकामा खोप अभियान संचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय धनुषाका खोप फोकल पर्सन रामविनेही यादवले बताए ।

दोश्रो चरणमा धनौजी गाउँपालिका, औरही गाउँपालिका, विदेह नगरपालिका, कमला नगरपालिका, शहीदनगर नगरपालिका, सबैला नगरपालिका, धनुषाधाम नगरपालिका र मिथिला बिहारी नगरपालिकामा एचपीभी खोप लगाउने तयारी रहेको छ । फागुन १ देखि ६ गतेसम्म जिल्लामा दोश्रो चरणको खोप अभियान संचालन गरिने स्वास्थ्य कार्यालय प्रमुख यादवले बताए ।

नेपालमा दैनिक औसत ४ जनाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको पाइएको छ । नेपाल सरकारले आगामी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म पाठेघरको मुखको क्यान्सर रोकथामका लागि किशोरी लक्षित एचपीभी खोप अभियान सञ्चालन गर्न लागेको छ । संस्थागत र सामुदायिक गरी ३ सय ७० विद्यालयमा कक्षा ६ देखि १० सम्मका किशोरीलाई उक्त खोप लगाउने तयारी रहेको छ ।

विश्वमा हरेक वर्ष ५ लाख ७० लाख महिलाहरुलाई पाठेघरको क्यान्सर हुने तथा उक्त संख्या सन् २०३० सम्ममा उक्त संख्या ७ लाख पुग्ने अनुमान गरिएको छ । तथ्यांक अनुसार तीमध्ये ३ लाख ११ हजार महिलाको मृत्यु हुने गरेको छ । सरकारले पाठेघरको मुखको क्यान्सरलाई प्राथमिक रुपमा रोकथाम गर्न उक्त एचपीभी खोप अभियानका रुपमा सञ्चालन गर्न लागेको हो ।

Tags: स्वास्थ्य

Discussion about this post

Related Posts

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

एक जना अनमीको भरमा प्रसूति सेवा

एक जना अनमीको भरमा प्रसूति सेवा

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!