माघ १६ गते। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । जसपा नेपाल नगर समितद्वारा इनरुवामा बुधबार आयोजित एक समारोहका वीच नेकपा माओवादी केन्द्रका नेता राहुल मण्डल सहित विभिन्न पार्टी परित्याग गर्दै सयजना भन्दा बढी नेता÷कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका छन । मण्डल नेकपा माओवादी केन्द्र सप्तरी जिल्ला कमिटीका पुर्व सदस्य हुन । उनी सो पार्टीबाट २ पल्ट हनुमाननगर कंकालिनी नगरपालिकाको मेयर पदमा प्रत्यासी समेत भएका ब्यक्ती हुन् । यद्धपी दुबै निर्वाचनमा सफलता भने प्राप्त गर्न सकेका छैनन् ।
मण्डल सहित सयजना भन्दा बढी नेता÷कार्यकर्ता पार्टीमा प्रवेश गरेको जसपा नेपाल हनुमाननगर कंकालिनी नगर समितिका संयोजक कृष्ण कुमार यादवले बताए । उनकै अध्यक्षतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवका साथै जसपा नेपालका उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव, सचिव शैलेन्द्र साह, प्रदेश सांसदद्वय किरण कुमारी साह, अनिरुद्ध प्रसाद सिह यादव, जिल्ला अध्यक्ष केदार यादव, केन्द्रीय अनुशासन विभाग अध्यक्ष जगदेव यादव, केन्द्रीय सदस्य विकास कुमार तिवारी लगायतले पनि बोल्दै नवप्रवेशीहरुलाई फुलमाला अबिर लगाई स्वागत गरेका थिए ।
Discussion about this post