nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अस्पतालका एक कर्मचारी मृत फेला

गिरिजानन्द साह गिरिजानन्द साह
मंसिर २३, २०८१, १०:०७ मध्यान्ह
अस्पतालका एक कर्मचारी मृत फेला

मङ्सिर २३ गते । राजविराजस्थित जिल्ला खेलकुद विकास समिति कार्यालय परिसरमा रहेको कभर्ड हलको झ्यालमा झुण्डिएको अवस्थामा गजेन्द्र नारायण सिंह अस्पतालका एक कर्मचारी मृत फेला परेका छन् ।


आईतवार विहान सो अस्पतालमा कार्यालय सहयोगी पदमा कार्यरत ५५ वर्षीय सुधिर कुमार झाको मृत शरीर झुण्डिएको अवस्थामा फेला परेको हो । सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ गोविन्दपुर निवासी झा विगत २५ वर्षदेखि गजेन्द्र नारायण सिंह अस्पतालमा कार्यरत थिए । उनी अस्पताल परिसरमै अस्पताल प्रशासनले उपलब्ध गराएको क्वाटर (कोठा)मा सपरिवार बस्दै आएका थिए ।

कार्यालय परिसरभित्रै रहेको हनुमान मन्दिरमा पुजा गर्न विहान पुगेका भक्तजनहरुले कभर्ड हलको झ्यालमा एक व्यक्ति झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । घाटीमा नाइलनको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा झाको मृत शरिर फेला परेको खबर फैलिएपछि ठुलो संख्यामा नगरवासी घटना स्थलमा जम्मा भएका थिए । परिवारजनले भने उनको हत्या भएको दावी गरेका छन् । मृतकका जेठान फुल कुमार झाले कसैले मिलोमतो गरी हत्या गरेर आत्महत्या बनाउन झुण्डयाएको दावी गरे ।

“घरमा कुनै तनाव थिएन, सबै राम्रै थियो, उनले थपे–हत्यालाई आत्महत्या बनाउन खोजिएको हो ।” उनले घटनाको उच्च स्तरीय छानविन हुनुपर्ने माग समेत गरेका छन् । नगरमा अपराध रोक्न ठाउँ ठाउँमा सिसि क्यामेरा जडान गरिएको छ, उनले भने–ती सबैको फुटेज चेक गरिनुपर्छ ।’ घटनास्थलमा पुगेका छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले उक्त घटना शंकास्पद देखिएको भन्दै सुक्ष्म अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गरिनुपर्ने माग गरे । सुरक्षा संवेदनशीलता, चोरी, लुटपाट, दुर्घटना लगायतका अपराध नियन्त्रण गर्न नगरका ७४ स्थानमा राजविराज नगरपालिकाले उच्च क्षमतायुक्त सिसि टिभी जडान गरेको छ । तर अहिले २९ वटा मात्र क्यामेराले काम गरिरहेको प्रहरीको भनाई छ ।

एक महिनाअघि मात्र ७४ मध्ये ६२ स्थानमा विग्रेका क्यामेरा मर्मत कार्य सम्पन्न गरी कार्य सुचारु गरिएकोमो अहिले फेरि विग्रीएर २९ वटा क्यामेराले मात्र काम गरिरहेको प्रहरी नायव उपरीक्षक जीतेन्द्र कुमार बस्नेतले जानकारी दिए । उनले घटनास्थल आसपासका चालु रहेका सिसि टिभीको फुटेजको पनि अध्ययन कार्य थालिएको जानकारी दिए । नगरको सुरक्षाका लागि लाखौ रकम खर्चेर जडान गरिएका अधिकांश सिसि टिभी क्यामेरा विग्रेको र मर्मत कार्य समयमै सम्पन्न गर्न सम्बन्धित निकायले चासो नदेखाएको भन्दै नगरवासीले असन्तुष्टि समेत व्यक्त गरेका छन् ।

प्रारम्भिक अनुसन्धानले झाको मृत्यु शंकास्पद भएपनि हत्या जस्तो संकेत प्रहरीले भेटेको छैन । पोष्टमार्टम रिर्पोट आएपछि मात्रै मृत्युको यकिन कारण बुझिने प्रहरीको भनाई छ । प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले मृतक झाको गोजीबाट सुसाईड नोट फेला परेको बताए । सुसाईड नोटमा उनले आफ्ना समस्या तथा विभिन्न व्यक्तिसँग भएको लेनदेनका विषय पनि उल्लेख गरेका छन् । यद्यपी उक्त सुसाईड नोट उनकैद्वारा हस्तलिखित भए÷नभएको तथा अन्य परिस्थिति लगायतका विषय समेटेर विभिन्न कोणबाट समेत घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

घटनापछि आक्रोशित परिवारजनले घटनास्थलबाट शव उठाउन प्रहरीलाई केही बेर अवरोध पु¥याएपनि प्रहरी उपरिक्षक खतिवडाको उपस्थितिमा घटना बारे सुक्ष्म अनुसन्धान गरिने प्रतिबद्धता आएपछि परिवारजनले शव उठाउन दिएका थिए । झाको शव आइतवार साँझ पोष्टमार्टका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाई घटना बारे आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि