मङ्सिर २१ गते। मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले विवाह पञ्चमी महोत्सवले नेपाल र भारतबीचको प्राचीन सम्बन्धलाई नयाँ स्तरमा प्रगाढ बनाउने काम गरेको बताएका छन्।
मुख्यमन्त्री सिंहले त्रेतायुगको झल्को दिने गरी पाँच वर्षको अन्तरालमा भारतको अयोध्याबाट जन्ती आउने र जन्तीलाई मिथिलावासीले स्वागत गर्न पाउनु गर्वको विषय भएको समेत बताए। आजै मुख्यमन्त्री सिंहले भारतको अयोध्याबाट आएको जन्तीलाई मधेश भवनमा स्वागत सहित दिवाभोज गरेर सम्मान गरे।
मुख्यमन्त्री सिंहले भारतको अयोध्याबाट रामजन्मभूमि ट्रष्टका महासचिव चम्पत रायको नेतृत्वमा आएको पाँच सय जन्तीलाई मैथिल परम्परानुसार दिवाभोजका साथै बिहीबार सम्मान गरे। मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालको अध्यक्षतामा भएको स्वागत तथा सम्मान कार्यक्रम भएको थियो।
भारतको उत्तर प्रदेश अयोध्याबाट जन्तीको नेतृत्व गरी आएका रामजन्मभूमि ट्रष्टका महासचिव चम्पत रायले विवाह पञ्चमी महोत्सवले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ हुने बताए। स्वागत तथा सम्मान कार्यक्रममा अयोध्याका मेयर गिरीशपति त्रिपाठीले विवाह पञ्चमीले नेपाल र भारतको संस्कृति, धार्मिक तथा भावनात्मक एकतालाई प्रगाढ बनाएर जीवन्त बनाउने काम गरेको बताए।






















Discussion about this post