मंसिर १० गते। मंसिर १५ गतेदेखि शुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी अनावरण/सार्वजनिक गरिएको छ । सोमवार धरहरा परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एनपिएलको ट्रफी अनावरण गरेका हुन् ।
सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको उत्थानका लागि सरकारले आवश्यक सहयोग र प्रोत्साहन गर्ने प्रतिबद्धता जनाए। क्रिकेटले नेपाली युवा शक्तिलाई राष्ट्रिय एकतामा बाँधेको र यसको महत्व अझै धेरै भएको उनको भनाइ थियो। आठवटै टिमका कप्तानहरुको प्रशंसासमेत ओलीले गरेका छन्।
अनावरण कार्यक्रममा प्रधानमन्त्री ओलीसहित, खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका पदाधिकारी, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरु लागयत सबै आठ टिमका मार्की खेलाडी र क्रिकेटहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले एनपिएलले नेपालको प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्दै पर्यटनमा सहयोग पुर्याउने आशा व्यक्त गरे । उनले प्राकृतिक सम्पदाहरुको संरक्षण गर्न समेत एनपिएलको ट्रफी महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
उनले भने, ‘नेपाल प्रिमियर लिगको यो ट्रफीले एक त नेपालको प्राकृतिक सम्पदाको प्रवद्र्धन गर्दै पर्यटनमा सहयोग पु¥याउने आशा राखेको छ । सँगै अझ महत्वपूर्ण पक्ष हाम्रो प्राकृतिक सम्पदाहरुको संरक्षण गर्न समेत महत्वपूर्ण हुनेछ । यो ट्रफी मात्रै रहेन, यो सिंगो देशलाई एकै ठाउँमा, एकै स्वरमा विश्वलाई संरक्षण गर्ने सन्देश रहेको छ ।’
सचिव खड्काले सिंगो देशलाई एकै ठाउँमा उभ्याउन एनपिएल महत्वपूर्ण सावित हुने बताए ।
Discussion about this post