मंसिर ७ गते । महोत्तरी जिल्ला प्रशासन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ।
प्रशासन कार्यालयका मुद्दा शाखाका नासु (नायब सुब्बा) अशोक कुमार यादवलाई २० हजार घुससहित केही महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिइएको प्रशासन विशेष स्रोतले जानकारी दियो । उनी आज सेवाग्राहीबाट लिएको २० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका हुन् ।
प्राप्त जानकारीअनुसार, अख्तियारको टोलीले आज बिहानै महोत्तरी जिल्ला प्रशासन कार्यालयमा छापा मारी नासु र केही कर्मचारीहरूसँग सम्बन्धित कागजातहरू जफत गरेको हो। प्रारम्भिक अनुसन्धानका क्रममा नासु माथि सूक्ष्म निगरानी राखिएको थियो ।
Discussion about this post