nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधामबाट विश्व हिन्दूपरिषद्को अगुवाईमा विवाह पञ्चमीका लागि तिलकसहित मुख्यमन्त्री अयोध्या जाँदै

गिरिजानन्द साह गिरिजानन्द साह
मंसिर २, २०८१, ३:०३ मध्यान्ह
जनकपुरधामबाट विश्व हिन्दूपरिषद्को अगुवाईमा विवाह पञ्चमीका लागि तिलकसहित मुख्यमन्त्री अयोध्या जाँदै

जनकपुरधाम। विश्वहिन्दू परिषद् धनुषाले जनकपुरधामबाट तिलकको भार सहित अयोध्याका लागि शनिवार प्रस्थान गरेको छ ।

मिथिलामा बेहुली पक्षले बेहुलालाई तिलक चढाउने चलन छ । तर जनकपुरधामको जानकी मन्दिरबाट अयोध्या तिलक पठाइने चलन रहेको छैन् ।जानकी मन्दिरले राममन्दिरमा तिलकोत्सव कार्यक्रमको आयोजना गर्दै आएको छ । पहिलो पटक विश्वहिन्दू परिषद्को अगुवाईमा भगवान रामलाई अयोध्यामा तिलक चढाउने कार्यक्रमको थालनी गरिएको छ ।

भारसहित अयोध्या तिलक लिएर गएको टोलीलाई मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह र जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले विदाइ गरे । तिलकको भारसहित प्रस्थान गरेको यात्रामा मेयर साह लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

आइतवार तिलक लिएर गएको टोली साँझसम्म अयोध्या पुग्ने छ । सोमबार बिहान अयोध्यामा राममन्दिर ट्रष्टका सचिव समेत रहेका चम्पत्त रायलाई भारसँगै जानकी मन्दिरको आमन्त्रण पत्र हस्तान्तरण गरिने बताइएको छ ।जनकपुरधामबाट तिलकको नेतृत्व विश्वहिन्दू परिषद्का धनुषा जिल्ला अध्यक्ष सन्तोष साहले गरेका छन् ।

विश्वहिन्दू परिषद् अयोध्याका महासचिव राजेन्द्र सिंह पंकजको विशेष सकृयतामा जनकपुरधामबाट अयोध्यामा तिलक मगाइएको छ ।प्रारम्भमा जानकी मन्दिरबाट नै तिलक अयोध्या पठाउन महासचिव पंकजले दबाब बनाएका थिए । तर जानकी मन्दिरको चलनमा अयोध्या तिलक पठाउने कार्यक्रम नरहेको बताउँदै गौ संरक्षण मंचका अध्यक्ष जगदीश महासेठले विरोध गरेपछि मन्दिर पछाडि हटेको थियो । विश्वहिन्दू परिषद्को सकृयतामा थपिएको तिलक कार्यक्रमबारे स्थानीय र साधुसन्तहरु विभाजित छन् ।

तिलकमा साधुसन्तहरुको सहभागिता रहेको छैन् ।जानकी मन्दिरको प्रतिनिधित्व नरहेको तिलकको सम्पूर्ण तयारी विश्वहिन्दू परिषद् धनुषाले नै गरेको छ । यद्यपि तिलकको भार जानकी मन्दिर परिसरबाट नै पठाइएको हो ।तिलक सहितको टोलीलाई विदाइ गर्नेमा जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवको सहभागिता थियो ।

मङ्सिर २१ गते आयोजना हुने सीताराम विवाह महोत्सव जनकपुरधाममा सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरुको आयोजनागरी मनाइन्छ ।भगवान रामको नगर दर्शन, फुलवारी लिला, धनुषयज्ञ, तिलकोत्सव, मटकोर , विवाहमहोत्सव र रामकलेवागरी विवाहमहोत्सवको सात दिने कार्यक्रम पूरा गरिन्छ ।विवाहमहोत्सवको सातैदिनको कार्यक्रम जानकी मन्दिरले नै आयोजना गर्छ ।

विवाहमहोत्सवमा अयोध्याबाट राममन्दिर ट्रष्टका सचिव चम्पत्त रायको नेतृत्वमा ५ सय बढी संख्यामा जन्ती आउन लागेको छ ।हप्ता दिन लगाएर जनकपुरधाम स्वयंरको दिन आइपुग्ने छ ।सीता स्वयंरमा अयोध्याबाट आउने जन्ती पनि सहभागि हुने बताइएको छ । सीताराम विवाहमहोत्सवमा जन्ती आउन तिलक सहितको टोलीले निम्तो दिने बताइएको छ ।त्यसका लागि जानकी मन्दिरबाट औपचारिक पत्र पनि टोलीको नेतृत्व गरिरहेको विश्वहिन्दू परिषद् धनुषाका अध्यक्ष साहले बताए ।

जानकी विवाह उत्सवमा सहभागी हुन प्रतीकात्मक रुपमा भगवान् श्रीरामका साथै चारै दाजुभाइ र तीन महारानीका लागि लत्ताकपडा गरगहनासँगै मखान, दहीच्यूरा, फलफूल पकवान मिष्ठान्न सौगातस्वरुप विश्वहिन्दू परिषद् अयोध्याका महासचिव राजेन्द्र सिंहको अगुवाईमा चम्पत्त रायलाई हस्तान्तरण गर्ने कार्यक्रम छ । भार सहितको टोलीलाई कारपुरममा रायले भेँटने छन् । त्यहाँ विश्वहिन्दू परिषदको कार्यालय रहेको छ ।त्यहाँबाट जनकपुरधामको टोली फिर्ता आउनेछ । विवाहपञ्चमी यही मंसिर २१ गते जनकपुरधाममा प्रत्येक वर्ष झैँ यसपटक पनि धुमधामसाथ सात दिवसीय कार्यक्रम गरी मनाइने छ ।

Discussion about this post

Related Posts

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

भीमफेदी सडक दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख राहत दिने मधेश सरकारको निर्णय

भीमफेदी सडक दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख राहत दिने मधेश सरकारको निर्णय

जनकपुरधाम वडा न.–७ द्वारा छठ पूजा सामग्री वितरण

जनकपुरधाम वडा न.–७ द्वारा छठ पूजा सामग्री वितरण

मधेश प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित

मधेश प्रदेशसभाको अधिवेशन शनिबारदेखि, दिउँसो १ बजे बैठक बस्ने

दीपावली सकिएसँगै जनकपुरधाममा छठ पर्वको तयारी शुरु, श्रृङ्गार्न थालियो छठ घाट

देशभर छठ पर्वको रौनक, आजदेखि ‘नहाय–खाय’ विधिबाट सुरु

लायन्स तथा लियो क्लबद्वारा छ्ठ पर्व सामग्री वितरण

लायन्स तथा लियो क्लबद्वारा छ्ठ पर्व सामग्री वितरण

लायन्स क्लब हेरिटेजद्वारा छठ पूजा सामग्री वितरण, तीन व्यवसायी क्लबमा आबद्ध

लायन्स क्लब अफ जनकपुरधाम हेरिटेजद्वारा छठ पूजा सामग्री वितरण, तीन व्यवसायी क्लबमा आबद्ध

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि