nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

विद्यापति स्मृति दिवसः साहित्य रचनाहरुको थप खोज र अनुसन्धानको आवश्यकता

गिरिजानन्द साह गिरिजानन्द साह
कार्तिक २९, २०८१, १२:३८ मध्यान्ह
विद्यापति स्मृति दिवसः साहित्य रचनाहरुको थप खोज र अनुसन्धानको आवश्यकता

कार्तिक २९ गते। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विद्यापतिको स्मृतिमा चर्चा गर्दै विद्यापतिका अनेकन कविता, रचनाहरु रहेकाले यसबारे थप खोज र अनुसन्धानको आवश्यकता रहेको बताएका छन् ।

जनकपुरधाममा बुधबार विद्यापति स्मृति पर्व २०८१ को अवसरमा आयोजित कार्यक्रममा पूर्वउपप्रधान तथा गृहमन्त्री निधिले विद्यापतिका हरेक रचनाले सामाजिक परिवर्तन, शासकीय सुधार तथा राजनीतिक परिवर्तनको पक्षमा रहेको भन्दै त्यसबारे थप खोज र अनुसन्धान गर्न आवश्यक रहेको बताए । विद्यापतिको व्यक्तित्व तथा कृतित्वका विषयमा प्रवचन कार्यक्रममा नेता निधिले विद्यापति ब्राह्मण ठाकुर परिवारमा जन्म लिए पनि सामाजिक परिवर्तनका लागि भाषा एवं साहित्यलाई सर्वस्वीकार्य बनाउन सरल मैथिलीमा सयौँ रचनाहरु लेखेको स्मरण गरे ।

मैथिली साहित्यका कवि कोकिल, महाकवि, एवं साहित्यकार विद्यापतिको स्मृति दिवसको अवसरमा बोल्दै नेता निधिले विद्यापतिका रचनाको प्रभावका कारण काठमाडौँ उपत्यकाको प्रमुख कामकाज तथा बोलिने भाषाको रुपमा मैथिली भएको इतिहासले देखाएको बताए । अहिले विद्यापतिको रचना र महिमाको चर्चा नेपाल र भारतमा हुँदै आएको बताउँदै उनले भने, ‘ जतिबेला भारत र नेपाल भन्ने देश थिएन, त्यतिबेला देखि नै विद्यापतिको चर्चा हुँदै आएको छ ।’ नेता निधिले भने, ‘राजा र राजपरिवारलाई शासन गर्न प्रेरित गर्ने कुशल विज्ञको काम पनि विद्यापतिले गर्नु भएको छ ।’ उनले विद्यापतिलाई कविता, रचना र गीतकारका रुपमा मात्र स्मरण गरिए अपूर्ण हुने बताए ।

त्यस्तै साहित्यकार तथा लेखक रोशन जनकपुरीले विद्यापतिको समग्र व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै विद्यापतिको रचनाको प्रभाव मिथिला संस्कृतिमा मात्र नभई थारु, नेवारी, बंगाली, उर्दु, संस्कृति तथा अन्य भाषामा पनि रहेको बताए । साहित्यकार जनकपुरीले विद्यापतिलाई कुनै एकजाति विशेषभन्दा समाजिक अभियन्ता र समाज सुधारकको रुपमा अघि बढाउनका लागि सबैसंग आग्रह गरे । विद्यापति व्यापक भएको बताउँदै उनले देवता, जातिको घेराभन्दा बाहिर निकालेर उनको सर्वव्यापकताको प्रचारप्रसारको आवश्यकता रहेको बताए । महाकवि विद्यापतिले पाँच सय भन्दा बढी रचना लेखेका छन् ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

ऋणैऋणले नेपालको अर्थतन्त्र ध्वस्त भयो : प्रभु साह

ऋणैऋणले नेपालको अर्थतन्त्र ध्वस्त भयो : प्रभु साह

बसहियामा रहेको गोगल प्रसाद नमूना मावि को चार कोठे नवनिर्मित भवन उद्घाटन

बसहियामा रहेको गोगल प्रसाद नमूना मावि को चार कोठे नवनिर्मित भवन उद्घाटन

पूर्वमन्त्री जुली कुमारी महतोद्वारा जनकपुरकी रोशनी झा मृत्युमामिलाको छानबिनको माग

पूर्वमन्त्री जुली कुमारी महतोद्वारा जनकपुरकी रोशनी झा मृत्युमामिलाको छानबिनको माग

मधेशका अर्थमन्त्री महेश यादवको पहिलो निर्णय : जेन–जी लक्षित स्वयंसेवक र रोजगार कार्यक्रम

मधेशका अर्थमन्त्री महेश यादवको पहिलो निर्णय : जेन–जी लक्षित स्वयंसेवक र रोजगार कार्यक्रम

जनकपुरधाममा अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठी हुने

जनकपुरधाममा अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठी हुने

जेसीआई नेपालको ५२ औँ राष्ट्रिय महाधिवेशन पुसको पहिलो साता जनकपुरधाममा हुने,देशैभरका जेसीआईहरु सहभागी हुने

जेसीआई नेपालको ५२ औँ राष्ट्रिय महाधिवेशन पुसको पहिलो साता जनकपुरधाममा हुने,देशैभरका जेसीआईहरु सहभागी हुने

मधेशमा मुख्यमन्त्री सहित तीन जना मन्त्रीको शपथ

मधेशमा मुख्यमन्त्री सहित तीन जना मन्त्रीको शपथ

मधेश प्रदेशमा एमाले नेतृत्वको सरकारले गरेका सबै निर्णय बदर

मधेश प्रदेशमा एमाले नेतृत्वको सरकारले गरेका सबै निर्णय बदर

साथ साथ सिकाई संजाल धनुषाको आयोजनामा महिला उत्तरदायित्व सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

साथ साथ सिकाई संजाल धनुषाको आयोजनामा महिला उत्तरदायित्व सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

मधेशबाट सुरु भएको नयाँ राजनीतिक मोडेल अन्य प्रदेशमा पनि लागू हुने : प्रचण्ड

मधेशबाट सुरु भएको नयाँ राजनीतिक मोडेल अन्य प्रदेशमा पनि लागू हुने : प्रचण्ड

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!