जनकपुरधाम। मैथिलि विकास कोष द्धारा जनकपुरधामस्थित जानकी मन्दिरमा सामा चकेवा खेल प्रतियोगिता हुने भएको छ । आज (विहिबार) साँझ ४ बजेदेखि जानकी मन्दिरको प्राँगनमा सामा चकेवा खेल प्रतियोगिता हुने मैथिलि विकास कोषका जीवनाथ चौधरीले जानकारी दिए ।
मैथिली भाषा र संस्कृतिको संरक्षण र प्रवर्द्धनको उद्देश्यले सामा-चकेवा खेल प्रतियोगिता आयोजना हुने लागेको हो । मैथिली विकास कोषले आयोजना गरेको यस प्रतियोगिताले मैथिली समाजमा भाई-बहिनीबीचको स्नेह र प्रेमलाई झल्काउने उद्देश्य राखेको छ।
सामा-चकेवा खेल, विशेषगरी भाई-बहिनीको माया र प्रेमको प्रतीक मानिन्छ। यो मैथिली समाजमा विशेष महत्व राख्ने पर्वहरूमध्ये एक हो, जसले भाई-बहिनीबीचको गहिरो सम्बन्धलाई उजागर गर्छ। प्रतियोगिता र यस पर्वले सांस्कृतिक पक्षको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
साँझ ४ बजेदेखि सामा चकेवा प्रतियोगिता कार्यक्रम सुरु हुने जनाइएको छ । यद्यपी, जानकी मन्दिर प्राँगनमा जानकी मन्दिर बाहेकका अन्य कार्यक्रमहरु प्रशासनले निषेध गरेको छ ।
Discussion about this post