nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कमला नदीको व्यथा : बाँसको खम्बा र प्लाइउड सहारा

गिरिजानन्द साह गिरिजानन्द साह
कार्तिक २८, २०८१, ७:१३ मध्यान्ह
कमला नदीको व्यथा : बाँसको खम्बा र प्लाइउड सहारा

कार्तिक २८ गते। कमला नदीमा बाँसको खम्बा र प्लाइउड ठोकेर पुल बनाएको छ । पूर्वपश्चिम हुलाकी राजमार्ग अन्तर्गत कमला नदी तर्न बनाइएको बाँसको खम्बा र प्लाइउडको पुलबाट दैनिक करिब एक हजार मानिसले ओहोरदोहोर गरिरहेका छन् । नदीमा ठुलो पानी बगिरहेकाले मोटरसाइकल, साइकल र पैदल यात्रुका लागि सो पुल तर्न निकै सहज र सरल पनि भएको छ ।

यसरी बनाइएको पुल धेरै लामो समय टिकाउ हुने खालको भने छैन । सानो बाढीले मात्र पनि पुल बगाउन सक्ने जोखिम भने देखिन्छ । सिराहा र धनुषाको सीमामा रहेको कमला नदीको सिराहातर्फ पूर्वी भागमा सिराहा नगरपालिकाले बनाएको सो अस्थायी पुलबाट नदी तर्दा मोटरसाइकलचालकसँग भने २० रुपियाँ शुल्क लिने गरिएको त्यहाँ खटिएका कर्मचारीले बताएका छन् । नदीको दुई वटा भँगालोमा पानी बगिरहेको छ । जसमध्ये पूर्वपट्टिको भँगालोमा बढी पानीको बहाब र पश्चिमपट्टिको भँगालोमा कम पानी बगिरहेको छ ।

यो अस्थायी पुल वडा कार्यालयमार्फत निर्माण गरिएको सिराहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अस्थायी पुलबाट व्यवस्थित रूपमा मानिस ओहोरदोहोर गर्न गराउन नगपालिकाकै चार जना कर्मचारी खटाएका छौँ ।” करिब दुई लाख रुपियाँ लागतमा निर्माण गरिएको पुलबाट दैनिक दुई सय वटाभन्दा बढी मोटरसाइकल वारपार भइरहेको उहाँले जानकारी दिनुभयो । मोटरसाइकलचालकबाट उठाइएको रकमबाट पुलको सामान्य मर्मत खर्च उठाउने योजना वडा कार्यालयको रहेको छ ।

पुल निर्माणका लागि बाँस, मोटो प्लाई, मजदुरी, डोरी खरिदमा करिब दुई लाख रुपियाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत यादवले बताउनुभयो । उहाँले अस्थायी पुल दैनिक जस्तै मर्मत गर्नु परिरहेको बताउनुभयो ।

विगतका वर्षमा स्थानीयले यस्तै बाँसको खम्बा र प्लाई राखेर पुल बनाएर प्रतिमोटरसाइकल ५० रुपियाँ लिने गरेका थिए । वर्षायाममा कमला नदीको बिच भागको करिब ५० मिटर चौडाइमा करिब चार/पाँच फिट पानी बगिरहेको थियो । त्यसबेला पैदल, मोटरसाइकल, साइकलबाट यात्रा गर्नेहरू पैसा तिरेर डुङ्गा चढेर वारपार गर्नु परेको थियो । प्रतिमोटरसाइकल तार्न एक सय रुपियाँ र प्रतिसाइकल तार्न २० रुपियाँ एवं मानिस मात्र तार्न १०/२० रुपियाँ लिने गरिएको थियो ।

नगरपालिकाले बनाइदिएको अस्थायी पुलबाट तर्न न्यून सेवा शुल्कले सबैलाई सहज भएको पुल तर्दै गरेका सन्तोष साहले बताउनुभयो । नगपालिकाले न्यून सेवा शुल्क लिएर सञ्चालनमा ल्याएको यस अस्थायी पुललाई निजीरूरुपमा सञ्चालन गर्दै आएका स्थानीयले बेला बेला क्षति पु¥याउँदै आएको नगरपालिकाले जनाएको छ ।

कमलामा स्थायी पुल नबनेका कारण हुलाकी राजमार्गबाट सप्तरीको राजविराजदेखि जनकपुरसम्मको दुरी करिब ९० किलोमिटर छ । दुईपाङ्ग्रे सवारीबाट दुई घण्टामा पुग्न सकिन्छ । ठुलो र चारपाङ्ग्रे सवारी पूर्वपश्चिम राजमार्ग भएर १३० किलोमिटर बाटो तय गरेर जनकपुर पुग्नु परिरहेको चारपाङ्ग्रे सवारीधनी मनोज दासले बताउनुभयो ।

कमला नदीको यस खण्डमा विगत १३ वर्षदेखि पुल निर्माण भइरहेको छ तर निर्माण पूरा भएर कहिले सञ्चालन हुन्छ भन्ने टुङ्गो छैन । कमला नदीमा बन्दै गरेको पुल भासिएपछि निर्माण कार्य पेचिलो बन्दै गएको छ । भासिएको स्थानमा पुल निर्माण कार्य भइरहेको छ ।- गोरखापत्र

Tags: धनुषा खबरमधेस प्रदेश खबर

Discussion about this post

Related Posts

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

आज नवरात्रको सातौँ दिन माता कालरात्रीको पूजा तथा आराधना गरिँदै,यस्तो छ माता कालरात्रीको मन्त्र र स्तुति

आज नवरात्रको सातौँ दिन, कालरात्रीको पूजा-आराधना गरिँदै

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

तिथि क्षयका कारण आजै कात्यायनी देवीको पनि उपासना गरिँदै

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिदैँ

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि