nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मुख्यमन्त्री सिँहले गरे चुरे संरक्षणमा बेलायती सहयोगको अपेक्षा

गिरिजानन्द साह गिरिजानन्द साह
कार्तिक २७, २०८१, १२:४७ मध्यान्ह
मुख्यमन्त्री सिँहले गरे चुरे संरक्षणमा बेलायती सहयोगको अपेक्षा

जनकपुरधाम/कार्तिक २७ गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले नेपालको विकास प्रक्रियामा बेलायती सहयोगको सराहना गरेका छन् । उनले नेपालको विकासमा बेलायतको निरन्तर, उत्साहप्रद र उपलब्धिमूलक सहयोग रहँदै आएको भन्दै पछिल्लो समयमा नेपालका भुइँतहका आवश्यकताअनुसार सहयोग परियोजना सञ्चालन गर्ने बेलायती सरकारको प्रयास प्रशंसनीय रहेको उल्लेख गरे ।

बेलायत सरकारको वातावरण मैत्री आर्थिक वृद्धि कार्यक्रमका टोली नेता सामसहितका अधिकारीहरूसँग जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार भएको भेटमा मुख्यमन्त्री सिँहले मधेश प्रदेशसहित देशले जलवायु परिवर्तनलगायत पर्यावरणीय संकट भोगिरहेको भन्दै नेपाललाई हरितपथ विकासमा ल्याउन वैदेशिक लगानी आउनु सुखद रहेको बताए ।

उनले देशले कम कार्बन उत्सर्जन गरे पनि त्यसबापत पाउनुपर्ने क्षतिपूर्तिका विषयमा अन्तर्राष्ट्रिय समुदाय गम्भीर हुुनुपर्ने विषयमा नेपाल सरकारले गराउँदै आएको ध्यानाकर्षणबारे चर्चा गर्दै जलवायु परिवर्तनका कारण मधेश प्रदेशले बाढीपहिरो, खेतीयोग्य जग्गाको कटान, पटान र भसान, खानेपानी तथा सिँचाइ जलको सङ्कट आदि भोगिरहेको उल्लेख गरे । उनले भने, ‘गर्मीयाममा सुख्खा हुन्छ । जाडोयाम जानेबेलामा ठिहिर्याउने चिसो हुन्छ होला । अहिले स्वेटर लगाउने बेलामा पसिनाले निथ्ु्रक्क भिजाइरहेको छ ।’

मुख्यमन्त्री सिँहले चुरे संरक्षणका लागि पुनर्जलीयकरण र जलपुनर्भरण गरी भूमिगत जलको सतहवृद्धि गर्ने, मधेश प्रदेशको पूर्वदेखि पश्चिमसम्म नदी जोड्ने योजनाबाट पानी व्ष्यवस्थापन गर्ने, बगरलाई पुनः कृषि भूमिमा परिणत गर्ने, बाढी व्यवस्थापन गरी सिँचाइ जलको उपलब्धता बढाउने योजनामा प्रदेश सरकारले काम गरिरहेको भन्दै ती काममा बेलायती सहयोगको अपेक्षा गरे ।

मुख्यमन्त्री सिँहले प्रदेश सरकार सार्वजनिक तथा निजी साझेदारीमा औद्योगिकीकरणको सम्भावनामाथि नीतिगत तथा कार्यगत प्रक्रिया अघि बढाइसकेको जानकारी दिँदै प्रदेशमा ठूलठूल्ला उद्योग स्थापना गर्न बेलायत सरकारमार्फत वैदेशिक लगानीको अपेक्षासमेत गरे । उनले प्रदेश सरकारको महत्वाकांक्षी, अपरिहार्य र महत्त्वपूर्ण योजनाका रूपमा रहेका आइटी पार्क, साक्षरता अभियान र टिच फर मधेशमा समेत बेलायती सहयोगको खाँचो रहेको औँल्याए ।
मुख्यमन्त्री सिँहले प्रदेशको आवश्यकताअनुसार आफ्नो आग्रहमा बेलायत सरकारले फोहोरमैला व्यवस्थापन, पर्यटन विकासलगायत परियाजनाबारे अध्ययन गरिरहेकोमा सोको उच्च प्रशंसा गर्दै इनोभेसन सेन्टर, शिक्षकका लागि एड्भान्स तालिम केन्द्र आदिका लागि पनि बेलायत सरकारको मद्दत आवश्यक भएको बताए । ग्रीन ग्रोथ नेपाल बेलायत सरकारको नयाँ कार्यक्रम हो ।

सन् २०२४ देखि २०३१ सम्म सञ्चालन हुने यो कार्यक्रमले नेपालमा हरित, दिगो र समावेशी विकासलाई बढावा दिनेछ । कार्यक्रमले स्थायी आर्थिक नीतिलाई मजबुत गर्दै हरित र जलवायुमैत्री आधारभूत संरचना, हरित उद्योग र सेवामा लगानी विस्तार गर्नेछ । यसले नेपालको सतत् विकासलाई रेखांकित गर्दै पर्यावरण र प्राकृतिक सम्पदाको रक्षा गर्दैै समृद्धिमा मद्दत गर्नेछ । कार्यक्रमले हरित, जलवायुमैत्री र कम कार्बन उत्सर्जन हुने सहरीकरणलगायत पूर्वाधार विकासमा जोड दिनेछ ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!