संजिप महतो/ सिरहा मिर्चैया/ कार्तिक २४ गते । चुरेको फेदमा अवस्थित छ ‘कमलदह’ । चारैतिर हरियाली जङ्गल, चराचुरुङ्गीको मधुर चिरबिर, बीचमा रहेको मनमोहक दह, शान्त वातावरण यसको विशेषता हुन् । झण्डै ४०-५० बिघा क्षेत्रफलमा फैलिएको यस दहमा स्नान गरेर पूजापाठ गरे मनोकांक्षा पुरा हुने मूख्य धार्मिक जनविश्वास रहिआएको छ ।
सिरहाको मिर्चैया नगरपालिका-९ मा अवस्थित पौराणिक तथा धार्मिक पर्यटकीय स्थल कमलदहमा लाग्दै आएको ऐतिहासिक ‘कमलदह मेला’को सम्पूर्ण तयारी पुरा भएको छ ।
दशकौं देखि प्रत्येक वर्ष हरिबोधिनी एकादशीको दिन देखि तीन दिनसम्म लाग्दै आएको कमलदह मेलाका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको मेला समितिले जनाएको छ ।
मेला २०८१-कार्तिक २७ गते मङगलवार देखी २०८१- कार्तिक २९ गते बिहीवार सम्म लागने र ३ दिन नै कुस्ती र मैथली नाच र २०८१-कार्तिक २७ विशाल कलश यात्राको आयोजना गरिएको छ । मेलाको उद्घाटन मिर्चैया नगरपालिका प्रमुख श्रवन कुमार यादव वाट हुँने मिला समितीले जनाएको छ ।
मेलामा विगत झैँ यसपालि पनि भारतका अयोध्या,गोर्खपुर,वनारसका पहलवानहरू र नेपालका नाम चलेका पहलवान पहलाद बाबा,पारस थापा,गोपाल थापाको कुस्ती, मनोरञ्जनात्मक र मैथली नाचको आयोजना गरिएको छ । मेलामा अत्यधिक भीड हुने भएकाले शान्ति सुरक्षाका लागि सुरक्षा निकाय, स्थानीय स्वयंसेवक पनि खटिनेछन् ।
मेला समितिले यसपालि पनि मेलालाई विशेष बनाउने गरी स्टल, बाटोघाटो, खानेपानी झुला लगायत सबै व्यवस्थापन मिलाएको छ ।
Discussion about this post