कार्तिक २ गते। जनकपुरधाम उपमहानगरपालिका वार्ड नं २४, बसहियामा माटोको ढिस्कोमा पुरिएका पाँच जना स्थानीयलाई सफलतापूर्वक उद्धार गरिएको छ।
दीपावलीको अवसरमा घर आँगन निप पोत गर्न माटो ल्याउन जाँदा यो दुर्घटना भएको हो। घटना राष्ट्रिय प्राथमिक विद्यालयको उत्तरपट्टि लक्ष्मी सागरनिर भएको स्थानीयले जानकारी दिएका छन्।
घटनामा घाइते हुनेहरूमा ३५ वर्षीया रिता देवी मुखिया, ७ वर्षीया मेघा कुमारी मण्डल, ६ वर्षीया कल्पना मण्डल, १३ वर्षीया चाँदनी मुखिया, र ४० वर्षीया निर्मला देवी दास रहेका छन्।
घाइते पाँचै जनाको जनकपुरको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका मेडिकल अफिसर रमेश यादवका अनुसार, सबै घाइतेको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
Discussion about this post