जनकपुरधाम/असोज २८ गते। महावीर युवा कमिटीले जनकपुरधामस्थित मानव सेवा आश्रम र जानकी बृद्धाश्रममा प्रसाद वितरण गरेको छ। कमिटीका पदाधिकारीहरूले आश्रममा रहेका वृद्ध-वृद्धालाई राजदेवी माताको प्रसाद प्रदान गरेका छन्। यस अवसरमा, जनक छात्रावास र बाल आश्रममा रहेका बालबालिकालाई पनि प्रसाद वितरण गरिएको थियो।
कार्यक्रमको नेतृत्व महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ताले गरेका थिए। उनलाई विभिन्न पदाधिकारीहरू सहितको टोलीले साथ दिएका थिए। प्रसाद वितरण कार्यक्रमले वृद्ध-वृद्धा तथा बालबालिकाहरूमा खुशीको माहोल सिर्जना गरेको थियो।
कमिटीले सामाजिक सेवाका विभिन्न गतिविधिहरू गर्दै आइरहेको छ, जसमा विशेष गरी बृद्धाश्रम र बालबालिकाका लागि आयोजना गरिने कार्यक्रमहरू महत्वपूर्ण रहेका छन्।














Discussion about this post