जनकपुरधाम/असाेज २५ गते। जनकपुरधामको राजदेवी मन्दिरमा यसपाली १५ हजार ४ वटा बोकाको वलि प्रदान गरिएको छ ।
बिहीबार राति ८ बजेर ३९ मिनेटमा शुरु भएको वलि प्रदान कार्यक्रम बिहान ४ बजेर ५ मिनेटसम्म चलेको थियो । महावीर युवा कमिटीका अनुसार रसिद बाट १४,६५२, कमिटीको ९, नेपाल सरकारका विभिन्न निकायबाट ९३ र निःशुल्क २५० वटा बोकाको बलि दिइएको छ ।
गत वर्ष १५ हजार २ सय ५१ बोकाको वलि दिइएको थियो । वलि दिने क्रममा भक्तजनहरूले देवी राजदेवीसँग आफ्नो मनोकामना पूरा होस् भन्ने कामना गर्दै श्रद्धापूर्वक सहभागीता जनाएका छन्। मन्दिरमा बली चढाउनका लागि नेपालको धनुषा , महोत्तरी , सिराहा , सप्तरी, रौतहट,सर्लाही सहितको स्थानका साथै भारत बिहार राज्यको विभिन्न स्थानहरूबाट समेत भक्तजन आउने गर्दछन् ।
Discussion about this post