असोज १५ गते। तारा एयरले पहिलोपटक जनकपुरबाट लुक्ला उडान गरेको छ। पहिलो दिनमै तारा एयरले ७ वटा उडान सम्पन्न गरेको छ। जनकपुरबाट लुक्ला उडानको सुरुवातले पर्यटक र स्थानीय यात्रुहरूलाई ठूलो राहत दिएको छ।
तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार काठमाडौंमा हवाई उडानको चाप बढेका कारण काठमाडौंबाट उडान अनुमति पाउन मुश्किल भएकोले यात्रुहरूलाई जनकपुरबाट लुक्ला लगिएको हो। जनकपुरबाट यति एयरलाइन्सले यात्रुहरूलाई ल्याएपछि तारा एयरले लुक्लामा उडान सेवा दिएको हो।
तारा एयरले जनकपुरबाट ३५ जना यात्रुलाई लुक्ला लगेको छ भने लुक्लाबाट १०५ जना यात्रुलाई जनकपुरमा ल्याएको प्रवक्ता बर्तौलाले जानकारी दिए। यस उडानमार्फत तारा एयरले नेपालका वैकल्पिक मार्गहरूको उपयोग गर्दै हवाई यातायातमा सहजरूपमा सेवा प्रदान गर्ने प्रयास गरेको हो।
Discussion about this post