nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बाढीपानीको विपद् सामना गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका डिआइजीलाई मुख्यमन्त्रीको निर्देशन

गिरिजानन्द साह गिरिजानन्द साह
अशोज १२, २०८१, २:०७ मध्यान्ह
बाढीपानीको विपद् सामना गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका डिआइजीलाई मुख्यमन्त्रीको निर्देशन

जनकपुरधाम/असोज १२ गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले लगातारको बर्खा र बाढीका कारण प्रदेशका विभिन्न नदीको जलस्तरमा अत्यधिक वृद्धि भइरहेकाले तटीय क्षेत्रमा आवश्यक विपत् प्रतिकार्य गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रमुखहरूलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री सिँहले शनिबार पूर्वपश्चिम राजमार्गस्थित बागमतीलगायत विभिन्न नदीको अवलोकनपछि नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख एवम् नायब महानिरीक्षक लालमणि आचार्य र सशस्त्र प्रहरीबलको नम्बर २ छिन्नमस्ताबाहिनी मुख्यालयका प्रमुख एवम् नायब महानिरीक्षक कालीदास धवोजीसँग फोन सम्पर्क गरी जोखिममा रहेका तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न र मानवीय तथा भौतिक क्षति हुन नदिन लगायतका सबै खालका उद्धारजन्य कार्यका जुट्न निर्देशन दिएका हुन् ।

प्रदेशमा कार्यरत दुवै अधिकारीले सप्तकोसी र बागमती नदीबाहेक अन्य नदीको जलस्तर खतराचिह्नभन्दा माथि पुगि नसकेको मुख्यमन्त्रीलाई जानकारी गराएका छन् । उनीहरूले तटबन्धलगायतका संरचनाको आकस्मिक संरक्षण गरी गाउँबस्तीमा जलप्रवाह रोक्न, डुबान क्षेत्रबाट सुरक्षित स्थानमा जोखिममा रहेकालाई स्थानान्तरण गर्न र अन्य संकटबाट पार पाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी विभिन्न ठाउँमा परिचालन भइरहेको बताए । सप्तकोसी र वागमतीको बहाव खतराचिह्नभन्दा माथि पुगिसकेको र अन्य नदीमा समेत जलस्तर बढिरहेकाले उच्च सतर्कता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई समेत आग्रह गरेका छन् । उनले विपद् व्यवस्थापन कार्यका लागि जिम्मेवार जनप्रतिनिधि र सरकारी अधिकारी तथा स्वयंसेवी संस्थाहरूसमेतलाई बाढीपानीबाट उत्पन्न हुने विपत् सामना गर्न तयार अवस्थामा रहन आह्वान गरेका छन् ।

शनिबार बागमती नगरपालिकाको कर्मेयास्थित बागमती पुलमा पुगेका मुख्यमन्त्री सिँहले ५ हजार ५ सय क्युसेक पानीको बहाब पुगेको र त्यो स्थिति खतराचिह्नभन्दा ५ सयले बढी भएको भन्दै कुलेखानी जलविद्युत् केन्द्रको बाँधका ढोका खोलिँदै गइरहेकाले जलस्तरमा थप वृद्धि हुने हुँदा नदी किनारका रौतहट र सर्लाही जिल्लाका सरोकारवालालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । बागमती बराजको सबै ३६ वटा ढोका खोलिएका छन् । उनले सप्तकोसीमा तीन लाखभन्दा बढी क्युसेक पानीको बहाब खतरापूर्ण मानिने भएकोमा ४ लाख ८० हजार ४ सय ९५ क्युसेक पानीको बहाव भइरहेको र जलस्तर अझै बढ्ने अनुमान गरिएकाले त्यस क्षेत्रमा समेत उच्च सतर्कता अपनाउनुपर्ने अवस्था रहेको बताए । प्रदेशको कमला नदीमा जलप्रवाह ११ हजार ५० क्यसेक छ ।

प्रदेशमा अहिलेसम्म कुनै ठाउँमा मानवीय तथा भौतिक क्षति भएको छैन । चट्याङ परेर रौतहटमा एउटा गाईको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । बाराको जितपुर सिमरा नगरपालिका वडा नम्बर १२ स्थित लालबकैया नदीको तटबन्ध भत्किन लागेको खबर प्राप्त भएपछि नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकसहितको टोली त्यस ठाउँमा पुगी बाँध मर्मतको कार्य गराइरहेको छ ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

आज नवरात्रको सातौँ दिन माता कालरात्रीको पूजा तथा आराधना गरिँदै,यस्तो छ माता कालरात्रीको मन्त्र र स्तुति

आज नवरात्रको सातौँ दिन, कालरात्रीको पूजा-आराधना गरिँदै

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

तिथि क्षयका कारण आजै कात्यायनी देवीको पनि उपासना गरिँदै

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिदैँ

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि