असोज ६ गते। संसदीय सुनुवाइ समितिले प्रस्तावित दुईजना राजदूतहरूविरुद्ध उजुरी दिन आह्वान गरेको छ।
राजदूतामा नियुक्तिका लागि सिफारिस भई संसदीय सुनुवाइ हुन बाँकी रहेकाले समितिले आज एक सूचना जारी गर्दै बेल्जियमका प्रस्तावित राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवविरुद्ध उजुरी दिन आह्वान गरेको हो।
समितिले आजदेखि १० दिनभित्र कार्यालय समयमा समितिको सचिवालय वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिन सक्ने बताएको छ।
सरकारले यसअघि प्रस्ताव गरेका १६ जना राजदूतहरूको नाम बिहीवार समितिले अनुमोदन गरेको छ।














Discussion about this post