जनकपुरधाम/भदौ ३१ गते । जनकपुरधाम उद्योग वाणिज्य संघको सचिवमा नरेन्द्र विक्रम साह (निरज) निर्वाचित भएका छन् ।
आफ्ना प्रतिद्धन्द्धी गोपि कुमार साह (चन्दन) लाई ४५५ मतले पराजित गर्दै नरेन्द्र विक्रम साह (निरज) विजयी भएका छन् । अन्तिम मतगणना अनुसार नरेन्द्र विक्रम साह (निरज) ले १३९६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी गोपि कुमार साह (चन्दन) ले ९४१ मत,राकेश पंजियारले ७३५ मत र श्रवन कुमार साह ले ४२४ मत पाएका छन् । भने ७७ वटा मत बदर भएको निर्वाचन समितिका संयोजक ललित साहले जानकारी दिए ।
संघको अध्यक्षमा सुरेन्द्र भण्डारी निर्वाचित भएको छ। उपाध्यक्ष पदमा भने लक्ष्मण साह यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा मनोज कुमार साह, महिला उपाध्यक्षमा रिंकु साह,महासचिवमा फुलदेव पन्डित,कोषाध्यक्षमा परमेश्वर साह (आशा) र एसोसिएट सदस्यमा अभिषेक चौधरी निर्वचित भएका छ्न ।
संघको सम्वद्व सदस्यमा रेडिमेड संघका अभय मुरारका निर्वाचित भइसकेका छन् । रेडिमेड, सुनचाँदी र पोल्ट्रिर्फम गरि तिन बस्तुगत मतदाता रहेको सो सदस्यका लागि रेडिमेडबाट मुरारका र एकजना सुनचाँदीबाट दुईजना उम्मेदवार थिए । पोल्ट्रिर्फमले रेडिमेडलाई मत दिएपछि मुरारका विजयी भएका हुन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा जम्मा ४०७६ जना मतदाता थिए । शनिबार भएको मतदानमा ३५७४ मत खसेको थियो ।














Discussion about this post