जनकपुरधाम/भदौ २८ गते। जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि हुने निर्वाचनको पूर्व सन्ध्यामा उम्मेदवारहरुले शक्ति प्रदर्शन गरेका छन् ।जउवा संघको अध्यक्ष पदमा उम्मेदवारी दिएका तीनै जना अध्यक्ष पदका उम्मेदवारहरुले जनकपुरधाम नगर भित्र जुलुश सहित शक्ति प्रदर्शन गरेका हुन् ।
सोही क्रममा अध्यक्ष पदका उम्मेदवार सुरेन्द्र भण्डारीले समेत हजारो व्यापारी मतदाताहरुको साथमा शक्ति प्रदर्शन गरेका हुन् । निर्वाचनको पूर्व सन्ध्यामा आफ्नो पक्षमा व्यापारीहरुको समर्थन रहेको देखाउने उद्देश्यले भण्डारीले जुलुश सहित नगर परिक्रमा गरेका थिए । सो क्रममा उनले व्यापारी मतदाताहरुलाई आफूलाई मतदान गर्न अपिल समेत गरेका थिए ।
त्यस्तै अध्यक्ष पदका अर्का उम्मेदवार मनिस रमण र जितेन्द्र साहले पनि शक्ति प्रदर्शन गर्दै आफ्ना समर्थकहरुलाई लिएर जनकपुरधामका विभिन्न चोकहरुको परिक्रमा गरेका छन् ।
जउवा संघको नयाँ नेतृत्वका लागि शनिबार बिहान ८बजेदेखि निर्वाचन प्रकृया शुरु हुँदै छ । प्रचार प्रसार समाप्त हुन अघि भण्डारीले आफ्नो पक्षमा माहौल बनाउने गरी भव्य जुलुश नगरमा निकालेका थिए ।

















Discussion about this post