गिरिजानन्द साह/भदौ २५ गते। जनकपुरधाम स्थित ब्याहुत सेवा समितिले कलवार समुदायको कूल देवता बलभद्र भगवानको जयन्ती भव्यताका साथ मनाईएको छ । प्रत्येक वर्ष भदौ शुक्ल षष्ठी तिथिका दिन बलभद्र जयन्ती मनाइने गरिन्छ । भक्तजनहरुको मन्दिरमा घुइँचो लागेका थियो भने पूजा भव्यता पूर्वक गरिएको छ । कलवार समुदायका महिला पुरुष, युवा युवती सहित स–परिवार जनकपुरधाम स्थित ब्याहुत सेवा समिति कलबार कुट्टीमा पुजापाठ र विभिन्न कार्यक्रम गरि मनाएको छ ।
सो अवसरमा समुदायको सामुहिक सहभागितामा जनकपुरधाममा भब्य शोभायात्रा समेत निकालिएको थियो । सयौंको संख्यामा रहेको श्रद्धालु भक्तजनहरुको सहभागितामा विहान निकालिएको शोभा यात्रा जनकपुरधामको मुख्य बजार क्षेत्रको परिक्रमा पश्चात कलबार कुट्टी पुगेको थियो । हिजो भगवान बलभद्रको पुजा आराधना, दिवाभोज, प्रसाद वितरण सहितको कार्यक्रम गरिएको थियो। सो अवसरमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत,मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र मधेश प्रदेश सभाका सदस्य महेश प्रसाद यादव लगायत विभिन्न राजनीति कर्मी,पत्रकार,विविन्न संघ संस्थाका पदाधिकारीहरु लगायत स्वजातिहरुको उपस्थिती रहेको थियो।
भगवान कृष्णको दाई भगवान बलरामलाई बलभद्र भगवानको रुपमा चिनिन्छ । बललाई शक्ति र भद्रलाई अन्नको रुपमा परिभाषित गरिन्छ । बलभद्र भगवानलाई भात, विशेष किसिमको दाल र पाँच थरीको तरकारीको भोग लगाउने प्रचलन रहेको छ । भगवानको पूजा पश्चात सो अन्नलाई कलवार समुदायका भक्तजनहरुले प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन रहीआएको छ ।

































Discussion about this post