nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

विद्यार्थी र शिक्षक अनुपातमा विभेद छ : मुख्यमन्त्री सिँह

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १८, २०८१, ९:१५ मध्यान्ह
विद्यार्थी र शिक्षक अनुपातमा विभेद छ : मुख्यमन्त्री सिँह

जनकपुरधाम/भदौ १८ गते । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिँहले मधेश प्रदेशमा विद्यार्थी र शिक्षक अनुपातमा व्यवस्थापनमा विभेद भएकाले पनि सामुदायिक शिक्षा कमजोर भएको बताएका छन् । उनले सत्तरीभन्दा बढी विद्यार्थीका लागि एक शिक्षक र आवश्यक विषयगत शिक्षक अभावले सामुदायिक विद्यालयको शिक्षणमा प्रतिकूल प्रभाव परिरहेको औंल्याए । मङ्गलबार जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ स्थित श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय परिसरमा रहेको नवनिर्मित छात्रवास “याज्ञवल्क्य सदन” को उद्घाटन गर्दै मुख्यमन्त्री सिँहले प्लस टु सम्मको व्यवस्थापन अधिकार स्थानीय तहलाई दिइए पनि पालिकाहरू विद्यार्थी–शिक्षक अनुपात मिलाउन चुकेको बताए । उनले पालिकाले प्राविधिक शिक्षा सबै क्षेत्रमा उपयुक्त हुने हुँदा प्राविधिक शिक्षालाई बढावा दिनुपर्ने बताएको छ । विद्यार्थी–शिक्षक अनुपात व्यवस्थापनमा कतिपय ठाउँ र अवस्थामा व्यक्तिगत स्वार्थपोषण गरिरहेको सुनाए ।मुख्यमन्त्री सिँहले विद्यालयमा भौतिक रूपमा पठनपाठन गर्ने छात्रछात्रा नभए पनि कागजमा विद्यार्थीको सँख्या देखाएर छसात जना शिक्षक व्यवस्थापन गरिएको प्रति असन्तुष्टि व्यक्त गर्दै विद्यार्थी अनुपातमा शिक्षक व्यवस्था हुनुपर्ने बताए ।
उनले प्लस टुसम्मको पढाइमा प्रदेश सरकारको भूमिका संकुचित तुल्याई संघ र स्थानीय तहमा अधिकार दिइँदा त्यस्तो अवस्था आएको उल्लेख गरे । उनले भने, ‘ प्रदेश सरकार विद्यालयको पूर्वाधार विकासमा मात्र योगदान गर्न सकिरहेको छ । शिक्षकको सँख्या बढाउन नसक्नेहरूले प्रदेशलाई अधिकार दिनुपर्छ ।’ उनले प्लसटुसम्मको शिक्षासम्बन्धी अधिकार प्रदेश सरकारमा ल्याउन कानुनी बाटो खोजिने पनि बताए ।शिक्षाबिना विकासकार्य हुन नसक्ने भन्दै उनले प्रदेशमा व्यावसायिक तथा सीपमूलक प्राविधिक शिक्षामा जोड दिन सकिए आर्थिक रूपमा आत्मनिर्भर जनशक्ति विकास हुने बताए । मुख्यमन्त्री सिँहले प्रदेशको शैक्षिक स्तर उकास्न प्रदेश सरकारले प्रादेशिक शिक्षा नीति ल्याउने तयारी गरिरहेको बताए ।

उनले याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय ज्ञानकूपमा सँस्कृत, अँग्रेजी र नेपाली तीनवटा भाषिक माध्यममा तीनवटा फ्याक्लटीको पढाइ तीन सिफ्टमा भइरहेको र तिनमा सत्ताइस सयको हाराहारीमा विद्यार्थी पठनपाठन गरिरहेको सुखद भएको बताए ।

उनले विद्यालयमा शैक्षिक पार्क निर्माण तथा खेलकूद पार्क निर्माणजस्ता कार्य गरिने बताए । प्रदेशका केही जिल्लामा गरिने शैक्षिक पार्क निर्माणक्रममा ज्ञानकूपलाई पनि एउटा स्थलका रूपमा पहिचान गरिएको बताउँदै उनले धनुषा जिल्ला र वरपरका छात्रछात्रालाई नयाँ विधिबाट पढाइ गर्ने शैक्षिक पार्क निर्माणका लागि इस्टिमेट डिजाइन जस्ता प्राविधिक कार्य यथाशीघ्र सम्पन्न गरिने जानकारी दिए ।
कार्यक्रममा मधेश प्रदेशकी शिक्षा तथा सँस्कृति मन्त्री रानी शर्मा पनि उपस्थित थिइन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष दिनेशकुमार सिँहको अध्यक्षतामा भएको कार्यक्रममा सो विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार झालगायतका वक्ताले मन्तव्य राखेका थिए ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

आज नवरात्रको सातौँ दिन माता कालरात्रीको पूजा तथा आराधना गरिँदै,यस्तो छ माता कालरात्रीको मन्त्र र स्तुति

आज नवरात्रको सातौँ दिन, कालरात्रीको पूजा-आराधना गरिँदै

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

तिथि क्षयका कारण आजै कात्यायनी देवीको पनि उपासना गरिँदै

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिदैँ

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि