nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीमा वडा अध्यक्ष दुर्घटना प्रकरण: शंकास्पद रहस्य बाहिरिए

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १३, २०८१, ५:३० मध्यान्ह
महोत्तरीको रामगोपालपुर नगरपालिका- २ का वडाध्यक्ष यादवको सवारी दुर्घटनामा मृत्यु

बिशाल बस्नेत/महोत्तरी/भदौ १३ गते। महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा मृत भेटिएका वडा अध्यक्षको विषयमा शंकास्पद रहस्यहरु वाहिरिएका छन ।

आइतबार विहान उक्त ठाउँमा  मृत भेटिएका रामगोपालपुर-२ का वडा अध्यक्ष मुकेश यादवको मृत्युको कारण उनी सवार मोटर्साइकल दुर्घटना भएको पारम्भिक निष्कर्ष निकालिएको थियो ।

परिवारवाट नियोजित हत्या नै भएको दावी गरिरहेको वेला घटनास्थलमा फेला परेका प्रमाण र दुर्घटनाको पकृतिले आशंका गर्ने प्रसस्त आधारहरु भएको स्थानियहरुले वताएका छन ।

दुर्घटनाग्रस्त मोटरसाइकलको पछाडीको भागमा क्षती पुग्नु, मृतकको तिघ्रा र छातीमा निलडाम देखिनु, जुत्ता फुक्लिएको देखिएतापनी खुट्टामा कुनै चोटपटक नदेखिनु जस्ता विभिन्न आधारहरुले  घटना रहस्यमय भएको अध्यक्षका आफन्त पर्ने सन्तोष यादवको भनाई छ ।

सोमबार भएको पोष्टमार्टम रिपोर्टले समेत मृत्युको मुख्य कारण छाती र टाउकोमा गम्भीर चोट लाग्नुलाई आधार वनाएको छ ।

छातिमा केही निलडाम जस्तो देखिनु र सोही भागमा नै गहिरो र गम्भीर चोटपटक लागेको पोष्टमार्टमको रिपोर्टमा समेत उल्लेख गर्नुले आशंका गर्ने कयौ ठाउँहरु देखिएको माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खडकाले वताए ।

मृतक यादव  माओवादी केन्द्र निकट थिए । उन्ले यसअघिको निर्वाचनमा पनि माओवादी केन्द्रवाट नै निर्वाचित भएका थिए ।

घटनाको छानविन गर्न माओवादी केन्द्रको माग

माओवादी केन्द्रले उन्को मृत्यु रहस्यमय भएको भन्दै प्रशासन कार्यालयलाई अनुसन्धान गर्न दवाव बढाएको छ ।

आज एक पत्रकार सम्मेलनका विच माओवादी केन्द्र महोत्तरीले नियोजित हत्या गरिएको दावी सहित विभिन्न आधारहरु सार्वजनिक गरेको छ ।

पार्टीका महोत्तरी  इन्चार्ज तथा पोलिटब्युरो सदस्य राजु खडकाका अनुसार मृतक यादवको मृत्यु लेनदेन र राजनीति प्रतिस्पर्धासँग समेत जोडिएको छ । मृतक यादवको निधनले रहस्यमय गम्भीर शंकाहरु उब्जाएको वताउदै सुक्ष्म अध्यण गर्दा हत्या भएको नै प्रतित हुने इन्चार्ज खडकाले वताए  ।

मधेश प्रदेश इन्चार्ज लीलामणि पोखरेल, पूर्वमन्त्री तथा माओवादी केन्द्र संसदिय दलका नेता भारत साह, केन्द्रिय सदस्य भवानी थापा सहितको  उपस्थितिमा  भएको पत्रकार सम्मेलनमा अन्यन्त्रवाट घटना घटाएर अपराधीले दुर्घटनाको नाटक गरेको वताईएको छ । घटनास्थलको पकृति हेर्दा हत्या नै गरेको दावी सहित माओवादी केन्द्रले ८ वटा आधारहरु सार्वजनिक गरेको छ । मोटरसाइकल ठोकिएको स्थान र मोटरसाइकलको उचाई नमिल्नु, ठोकिएको स्थानमा कुनै दाग नदेखिनु, लासको पकृति हेर्दा कसैले सुताए जस्तो देखिनु, जुत्ता, मोबाईल र पछाडिको सिटको अवस्था हेर्दा सुनियोजित जस्तो देखिनु, मोटरसाइकल ठोकिएको र लडेको अवस्था नमिल्नु छातीमा गहिरो चोट लागेको भनिएतापनि कपडामा कुनै घर्षण नदेखिनु, टाउको र छातीमा एकैपटक चोट लाग्नु र रातको ११ बजे मृतक यादवको मोबाईलमा शकास्पद फोन आउनु जस्ता आधारहरुले हत्या नै गरेको दावी माओवादी केन्द्रको छ ।

मृतक यादवको तिघ्रातर्फ पाइन्टमाथी बुटले हानेको जस्तो निसान र निलडाम देखिएको माओवादी मधेश प्रदेश संसदिय दलका नेता भारत साहले वताए । पोष्टमार्टम रिपोर्टमा सग्लन चिकित्सकसँग उदृढ गर्दै माओवादी केन्द्रका सचिव लिलामणि पोखरेलले छातीमा ५० एमएल आन्तरिक रगत  बगेको र टाउको, छातीमा एकैपटक चोट लाग्नु घटना दुर्घटना नभईकन शतप्रतिशत हत्या नै भएको दावी गरे ।

श्रीमतीलाई आज घर ढिलो आउछु भनेर फोन गरेका मुकेश सधैका लागि फर्किएनन

आईतवार राति आज घर ढिलो आउछु  भनेर दिएको सुचना श्रीमती आईती यादव अहिले पनि झलझल्ती सम्झिरहन्छिन ।

राति अवेरसम्म पनि श्रीमान नफर्किएपछि आइतीले दर्जनौ पटक फोन गरिन तर फोन उठेन । ‘रातको ११ बजे हुनुपर्छ संजिव झा की श्रीमतीले फोन गरिन र मुकेश आफ्ना श्रीमानसँग भएको वताईन ।’ यादवले भनिन । ‘त्यसपछि मैले मैले मुकेश जीलाई फोन गरिरहे तर फोन काटियो ।’

संजिव झाले सम्सिमा संगम होटल संचालन गर्दा मृतक मुकेशको परिचय भएको थियो । झाले उक्त होटलमा महिलाहरु बटुलेर देहव्यापार गरेको आरोपमा प्रहरीले ६ महिना अगाडी पक्राउ गरेको थियो भने होटल संचालनमा समेत प्रतिबन्ध लगाएको थियो ।

उनी जेलमा परेपछि पनि मुकेश पटक-पटक भेटन गएको र झालाई भर्खरै १६ लाख धरौटी तिरेर रिहा गराएका थिए । यो हत्या पनि यही पैसासँग जोडिएको हुन् सक्ने मृतकका दाजु सतेन्द्र यादवले वताए । १६ लाख मुकेशले खोजेर धरौटी बुझाएको रकम झासँग ताकेता गरेपछि उनीहरुको दुरी केही समयदेखि टाढिएको परिवारले वताएका छन ।

आईतवार राति पनि मुकेश संजिव झा, दिलिप मण्डल र तिन जना महिलाहरु बसेर बर्दिवास-८ स्थित राजु होटलमा खाजा समेत खाएको फेला परेको छ । खाजा खाएपछि महिला र दुई पुरुष बर्दिवासस्थित एमडी स्टार होटलमा आएको होटल संचालकले वताएका छन ।

दूई महिला मध्ये एक महिला भने संगम होटलमा प्रहरीले छापा हान्दा आपत्तिजनक अवस्थामा पक्राउ परेकी थिइन ।  यी सवै पृष्ठभूमि हत्यासँग जोडिएको र योजनावद्व ढंगले हत्या गरिएको परिवार पक्षको दावी छ । मृतक यादवको हक्की स्वभाव र प्रतिस्पर्धात्मक क्षमताका कारणले मृत्यु राजनीतिसँग समेत जोडिएको हुन सक्ने आकलन गरेका छन ।

घटनाको थप खोजविन गरेर सत्यतथ्य वाहिर ल्याउने पनि माओवादी केन्द्रले प्रतिवद्वता जनाएको छ । यस्को लागि केन्द्र, प्रदेश र जिल्लामा प्रहरीहरुलाई तथ्यहरु दिएर अनुसन्धान अगाडी बढाउँन गम्भीर ध्यानाकर्षण गराएको इन्चार्ज खडकाले जानकारी दिए ।

 

Tags: मधेस प्रदेश खबरमहोत्तरी खबर

Discussion about this post

Related Posts

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!