गिरिजानन्द साह/भदौ ५ गते। जनकपुर जेसीज–२०२४ को जेसीज सप्ताह अन्तर्गत छैठौ दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न गरेको छ । युवाहरुको नेतृत्व तथा क्षमता बिकासमा सक्रिय जेसीजले यस बर्षपनि बिभिन्न कार्यक्रमका साथ सप्ताह शुरु गरेको छ । 
जनकपुर जेसीजको आयोजनामा बिहिवार देखि शुरु भएको जेसीज सप्ताह–२०२४ को छैठौं दिन बुधबार स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न गरिएको हो । यस कार्यक्रमको प्रमुख अतिथि नेपाल जेसिजका पुर्व अध्यक्ष तथा मधेस प्रदेशको मुख्य न्यायाधिवक्ता सुरेन्द्र महतो द्वारा उद्घाटन गरिएको थियो ।
आजको कार्यक्रमको कार्यक्रमको अतिथि जनकपुरधाम उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्ष मनिस रमण र जनकपुर जेसिज बर्ष २०२१ का अध्यक्ष मनोज साह ले शुभकामना मन्तव्य राखेका थिए। जेसिज सप्ताह २०२४ को समापन कार्यक्रम शुक्रबार रहेको जनकपुर जेसिज बर्ष २०२४ को अध्यक्ष जेसि यातोस साहले जानकारी दिनुभयो ।

स्कुल लेभल ओरेट्री कन्टेस्टमा विभिन्न स्कुलका कक्षा ९ र कक्षा १० का १८ जना विद्यार्थीहरु सहभागीता जनाएको थियो । कन्टेस्टमा सहभागीहरुले युवा र एकताको विषयमा ५ मिनेटको समयमा आफ्नो स्पिच प्रस्तुत गरेका थिए। विद्यार्थीहरु गरेको प्रस्तुतिकरणको आधारमा जजहरुले मार्किङग गरि प्रथम,द्वितीय र तृतीय छुट्याइएको छ। जसको परिणाम शुक्रवार हुने समापण कार्यक्रममा घोषणा गरि पुरस्कार प्रदान गरिने छ। कन्टेस्टमा सहभागीको जजिङग जेसि ई. प्रकाश चन्द्र साह,जेसि मनोज साह र जेसि कैलाश महासेठ गरेका थिए।
आजको कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसिजका पुर्व अध्यक्ष तथा मधेस प्रदेशको मुख्य न्यायाधिवक्ता सुरेन्द्र,अतिथी उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्ष मनिस रमण साह,अतिथी जनकपुर जेसिज बर्ष २०१६ का अध्यक्ष सुधीर पजियार,अतिथि जनकपुर जेसिज बर्ष १९८८ का अध्यक्ष ई. राम सोगारथ साह,अतिथि जनकपुर जेसिज बर्ष २०२१ का अध्यक्ष मनोज साह,अतिथी जनकपुर जेसिज बर्ष २०२२ का अध्यक्ष राजु कुमार साह ओरेट्री कन्टेस्ट कार्यक्रम कार्यक्रमको संयोजक जेसि राम सोगारथ साह,जनकपुर जेसिज बर्ष २०२४ का अध्यक्ष जेसि यातोस साह,जनकपुर जेसिज बर्ष २०२४ का महासचिव जेसि मुकेश साह,जेसिज सप्ताह २०२४ का संयोजक जेसि निरज साह,जेसि दिपक यादव,जेसि विकाश साह,जेसि रन्जित पजियार,जेसि राजेश कुमार ठाकुर,जेसि लोकेन्द्र प्रसाद साह,जेसि विनय साह,जेसि कैलाश महासेठ लगायत जनकपुर जेसिजका पदाधिकारी तथा सदस्यहरुको साथै विभिन्न स्कुलका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।






















Discussion about this post