वीरगन्ज/श्रावण २३ गते। वीरगन्जबाट स्रोत नखुलेको भारु रुपैयाँ सहित एकजना पक्राउ परिएका छन् । पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी घोडासहन बस्ने २९ वर्षीय अनिल कुमार रहेका छन् ।उनलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले वीरगन्ज महानगरपालिका– १६ रजतजयन्ती चोकबाट पक्राउ गरेको हो । प्रहरीले नियमित रूपमा चेकजाँच गर्ने क्रममा भारत रक्सौलबाट शंकास्पदरूपमा आउँदै गरेका कुमारको शरीर खानतलासी गर्दा उनले लगाएको पाइन्टको खल्तीबाट स्रोत नखुलेको भारतीय प्रतिबन्धित ५ सय दरका ४ सय ३८ थान गरी २ लाख १९ हजार रुपैयाँ फेला परेको थियो । उनलाई आवश्यक कारबाहीको वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी दीपक भारतीले बताए ।
Discussion about this post