nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

‘प्रदेशलाई साक्षर बनाउने अभियानमा विश्वविद्यालयका स्वयंसेवी विद्यार्थी परिचालन गरिने’

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २१, २०८१, ९:११ मध्यान्ह
‘प्रदेशलाई साक्षर बनाउने अभियानमा विश्वविद्यालयका स्वयंसेवी विद्यार्थी परिचालन गरिने’

जनकपुरधाम/श्रावण २१ गते । मधेश प्रदेश सरकारले प्रदेशमा साक्षरता दर बढाउन विभिन्न विश्वविद्यालयसँग साझेदारी गर्ने भएको छ । मुख्यमन्त्री सतिशकुमार सिँहले मधेशमा शिक्षाको वञ्चितिकरण र निरक्षरताको सँख्या गम्भीर समस्या बनेकाले गरीबी र पछ्यौटेपनबाट प्रदेशवासीलाई मुक्ति दिलाउन साक्षरताको स्थितिमा तीव्र सुधार ल्याउने अपेक्षाअनुसार विश्वविद्यालयहरूसँग साक्षरतासम्बन्धी कार्यक्रमका लागि साझेदारी गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।

मुख्यमन्त्री सिँहले प्रदेशका अपठित जनतालाई साक्षर तुल्याउन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वयंसेवक परिचालन गर्ने सम्भावना र स्वरूपका बारेमा विश्वविद्यालय पदाधिकारीहरूसँग प्रारम्भिक छलफल आरम्भ गरेको सुनाए । उनले भने, ‘छिटोभन्दा छिटो प्रतिफल लिेगरी साक्षरता अभियानलाई तीव्र तथा सघन बनाउन ठूलो जनशक्तिको आवश्यकता हुन्छ । सरकारी तथा गैरसरकारी क्षेत्रसँग उपलब्ध जनशक्ति त्यसका लागि पर्याप्त हुँदैनन् । त्यसैले विश्वविद्यालयका छात्रछात्रालाई प्रशिक्षित तुल्याएर यसलाई सम्भव बनाउन सकिन्छ भन्ने कोणबाट कुराकानी भइरहेको छ ।’

मुख्यमन्त्री सिँहले जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयका उपकुलपति अमर यादवलगायतका विश्विविद्यालयका अन्य पदाधिकारीसँग सो विषयमा कुराकानी समेत गरेका छन् । कुराकानीमा प्रदेशका आठवटै जिल्लामा विश्वविद्यालयका कलेज विस्तार गर्ने विषयसँगै साक्षरता अभियानमा विद्यार्थी स्वयंसेवक परिचालनबारे चर्चा भएको छ ।

विश्वविद्यालयका उपकुलपति अमरप्रसाद यादवले साक्षरता अभियानमा विश्विद्यालयका विद्यार्थीलाई दसैँ बिदा वा पुसमाघको जाडो बिदामा उपयोग गर्न सकिने विषयमा छलफल भएको बताए । उपकुलपति यादवले सबै तहका विद्यार्थीबाट साक्षर प्रदेश बनाउने अभियानमा योगदान लिन सकिने उल्लेख गरे । पाठ्यक्रममै राखेर वा शिक्षासम्बद्ध अन्य संस्थासँग समन्वय गरी प्रमाणपत्र समेत दिनेगरी विश्विद्यालयका विद्यार्थीको योगदान साक्षरतालगायत शैक्षिक अभियानका लागि सुनिश्चित गर्न सकिने पनि उनले बताए ।

उपकुलपति यादवले साक्षरता अभियानमा सहभागिताले समुदायसँग विद्यार्थीको निकटता र अनुभव बढाउने टिप्पणी गरे ।

मुख्यमन्त्री सिँहले साक्षरता अभियानमा सजिलोगरी अक्षर र अर्थ चिन्नेबुझ्ने समझ विकसित गर्ने सफ्टवेयर प्रयोग गरिने पनि उल्लेख गरे । विश्वविद्यालयका स्वयंसेवक विद्यार्थीहरूले अपठितहरूलाई साक्षर बनाउन प्रयोग गर्ने सफ्टवेयर लाभग्राहीसमेतलाई उपलब्ध गराउनेगरी कार्ययोजना बनाइने पनि उल्लेख गरे ।

पछिल्लोे जनगणनाअनुसार मधेश प्रदेशमा सातै प्रदेशमध्ये सबैभन्दा कम साक्षरता दर ६३ दशमलव ५ प्रतिशत छ । तथ्याङ्कअनसार देशमैै सबैभन्दा कम साक्षरता भएका मधेश प्रदेशकै चारवटा जिल्लाहरू रौतहट, महोत्तरी, सर्लाही र बारा छन् ।

नेपालमा पाँच वर्षमाथिका निरक्षर जनताको सँख्या ६३ दशमलव पाँच प्रतिशत छ । जसमा महिलाको हिस्सा ठूलो छ । मधेश प्रदेशका पाँच वर्षमाथिका महिलातर्फ ५ वर्षमाथिका २३ लाख ५९ हजार ७३१ जनसंख्या मध्ये १७ लाख ३७ हजार ४६९ निरक्षर छन भने पाँच वर्षमाथिका २२ लाख १८ हजार ७०९ पुरुषको जनसंख्या मध्ये ३ लाख ३ हजार ६४ निरक्षर छन् ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

चलचित्र ‘प्रतिवैरम्’ मंसिर ४ देखि चार भाषामा प्रदर्शनमा आउने

चलचित्र ‘प्रतिवैरम्’ मंसिर ४ देखि चार भाषामा प्रदर्शनमा आउने

रिलिजको २० दिन अगावै ‘रामायण’ ले ताेड्यो ‘धुरन्धर २’ को रेकर्ड

रिलिजको २० दिन अगावै ‘रामायण’ ले ताेड्यो ‘धुरन्धर २’ को रेकर्ड

पहिलो दिनमै १२५ करोड कमाउँदै ‘जेलर २’ ले तोड्यो ‘धुरून्धर २ ’ को रेकर्ड

पहिलो दिनमै १२५ करोड कमाउँदै ‘जेलर २’ ले तोड्यो ‘धुरून्धर २ ’ को रेकर्ड

‘रामायण’ को बजेटमा यश भन्छन्, ‘यो भारतको क्षमता प्रदर्शन गर्ने अवसर हो’

‘रामायण’ को बजेटमा यश भन्छन्, ‘यो भारतको क्षमता प्रदर्शन गर्ने अवसर हो’

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

आज नवरात्रको सातौँ दिन माता कालरात्रीको पूजा तथा आराधना गरिँदै,यस्तो छ माता कालरात्रीको मन्त्र र स्तुति

आज नवरात्रको सातौँ दिन, कालरात्रीको पूजा-आराधना गरिँदै

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि