श्रावण १६ गते। रौतहटको सदरमुकाम गौरबाट प्रतिबन्धित लागूऔषध सहित एकजना पक्राउ परिएका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका ३ ईमाडोल बस्ने २१ वर्षीया समिर भुसाल रहेका छन् ।
अस्थाई प्रहरी पोष्ट बसपार्क गौरको टोलीले मंगलवार राती पौने १० बजे चिया पसल अगाडी शङ्कास्पद अवस्थामा हिँडडुल गरिरहेका भुसालले बोकेको झोला भित्र चेकजाँच गर्दा डाईजिपाम इंजेक्शन २ एमएलको ९६ , नर्फिन इंजेक्शन ९६ , प्रोमेथाजिन फेनारगन ९६ गरी २८८ एमपुल नशालु इंजेक्शन, नगद १७ हजार ७०रुपैयाँ, भारु १० रुपैयाँ, मोबाइल १ सिमसहित बरामद गरिएको हाे ।
उक्त प्रतिबन्धित लागू औषध २८८ एम्पुल सहित सामानहरू बरामद गरी समिर भुसाललाई पक्राउ गरेर लागू औषध मुद्दामा रौतहट जिल्ला अदालत रौतहटबाट अनुमति भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिएकी छिन् ।
Discussion about this post