श्रावण १६ गते। सर्लाहीको विष्णु गाउँपालिका वडा नम्बर–२ स्थित नदीयापकडीमा मानव कंकाल भेटिएको छ । स्यालले खनेर निकालेको अवस्थामा मानवको अस्थिपञ्चर भेटिएको सर्लाहीका एसपी रविन्द्र सिंहले बताए ।
स्थानीय ४५ वर्षीय दिनेश राय यादवको उखु बारीमा भेटिएको मानव कंकालबारे प्रहरीले अनुसन्धान थालेको छ । उखुबारीमा खाल्डो खनेर कपडाले बेरेर गाडेको अवस्थामा स्यालले खोस्रेर सो कंकाल निकालेको हो ।
कंकाल परीक्षणका लागि अस्पतालमा राखिएको छ ।
Discussion about this post